सुकुटेमा कांग्रेस नेता कार्की अपहरण गर्ने चाइनिजको ग्याङ फरार, एमाले–माओवादीभित्र खैलाबैला
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा नेपाली कांग्रेसका स्थानीय नेता धनबहादुर कार्की ‘बलराम’लाई अपहरण गरेको अभियोगमा प्रहरीले एमाले र माओवादी केन्द्रका ४ जना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अपहरण तथा शरीर बन्धकमा कार्कीले सुनकोशी गाउँपालिकाका एमालेका स्थानीय कार्यकर्ता रमेश लामा ‘चाइनिज’, सदाबहार बोर्डिङ स्कुलका सञ्चालक दिनेश थापा, उमेश खड्का र माओवादीका अमर लामाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
कार्कीको किटानी जाहेरपछि चार जनाविरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकबाट पक्राउ पुर्जीको आदेश लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख (एसपी) रामेश्वर यादवले जानकारी दिए ।
‘चारजना विरुद्ध अपहरण तथा शरीर बन्धकविरुद्ध जाहेर परेको छ । प्रहरीले अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको छ’, रिपब्लिका दैनिकसँग कुरा गर्दै एसपी यादवले भने, ‘खोजी कार्य शुरु भइसकेको छ । जिल्ला छाडेर काठमाडौं उपत्यकामा लुकेर बसेको सूचना भएका छौँ । उपत्यका प्रहरीसँग समन्वय गरेर पक्राउ गरेर ल्याएर कानून बमोजिम कारबाही हुन्छ ।’
अपहरणमा मुछिएका सबै सुनकोशी गाउँपालिकाका हुन् । अपहरणमा मुछिएका मध्येका अमर लामा माओवादी केन्द्रको सुनकोशी गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
रमेश लामा ‘चाइनिज’को नेतृत्वमा वैशाख २६ गते दलबलसहित आएको ‘ग्याङ’ले कांग्रेसका नेता कार्कीलाई सुकुटेको बजारमा चियापसलमा चिया खाइरहेका बेला बिहान करीव ६ बजे जरजस्ती स्कार्पियो गाडीमा हालेर लगेको जाहेरीमा उल्लेख छ ।
अपहरणका क्रममा कांग्रेसका नेता कार्की जान नमानेपछि ‘चाइनिज’ र उनीसँगै आएका ग्याङले ‘टपेन्द्र तिमल्सिनाले बोलाउनुभएको छ’भन्दै जबरजस्ती गाडीमा राखेको उजुरीमा उल्लेख छ ।
कार्कीलाई अपहरण गरेर चाइनिजको ग्याङले सदाबहार बोर्डिङ स्कुलमा करीव ६/७ घण्टा बन्धक बनाएर राखेको आरोप छ । कार्की अपहरणमा परेको जानकारी पाएपछि स्थानीय र प्रहरीले कार्कीलाई उद्धार गरेका थिए ।
अपहरण तथा शरीर बन्धकको अभियोगमा फरार रहेका चार जनासँग प्रतिक्रिया लिन फोनमा सम्पर्क गर्दा उनीहरू सबैको फोन बन्द छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया