प्रचण्डले यस कारण बञ्चरो हान्दैनन्, देउवा मख्ख, बालकोटलाई झन् तनाब

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको पछिल्लो अभिव्यक्तिले तरंग ल्याइदिएको छ ।

दाहालको अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेका छन् । यस विषयमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही भनेका छैननै । देउवाको सचिवालयले पनि कुनै प्रतिक्रिया दिएको छैन ।

तर, दाहालको सो अभिव्यक्तिलाई एमालेले बढाइ–चढाइ गरेर प्रचार–प्रसार गरिरहेको छ । कांग्रेसँग माओवादी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीवीचको गठबन्धनलाई एमालेले रुचाएको छैन ।

माओवादीका अध्यक्ष दाहालले आफ्ना कार्यकर्ताको मनोबल बढाउन र कांग्रेसलाई दवावमा राख्न ‘कांग्रेसले दम्भ देखाए एमालेलाई झै ठेगान लगाउने’ भनेर अभिव्यक्ति दिएका हुन् । दाहालको यो अभिव्यक्ति एमालेसँग जानेभन्दा पनि कांग्रेसलाई दवावमा राखेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जान यो रणनैतिक अभिव्यक्ति दिएको हुन सक्छ ।

माओवादीलाई एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले साथमा लिएर जान चाहे पनि माधवकुमार नेपाललाई साथमा राख्ने पक्षमा छैनन् । यस्तो अवस्थामा दाहाल र नेपाललाई कांग्रेससँग मिलेर जानुको बिकल्प रहँदैन ।

स्थानीय तहको नतिजाबाट हतोत्साहित बनेका एमालेका अध्यक्ष ओली गठबन्धन भत्काउन लागेका छन् । उनको प्रयासले मूर्तरुप पाएको छैन ।

ओलीले कांग्रेसलाई अलग्याएर एमालेलाई ठूलो पार्टी बनाउन सकिन्छ कि भन्ने रणनीतिमा लाग्नु कुनै नयाँ कुरा होइन । यो विषयलाई कांग्रेसले बुझ्न जरुरी छ ।

माओवादी र कांग्रेस नेताहरूले नै दाहालको अभिव्यक्तिलाई रणनीतिका रुपमा टिप्पणी गरेका छन् ।

अहिलेको अवस्थामा माओवादी र एकीकृत समाजवादी एमालेसँग भन्दा पनि कांग्रेससँग मिलेर जाँदा नै फाइदाहा रहन्छन् ।

कांग्रेसकै कारण माओवादी स्थानीय तहको निर्वाचनमा तेस्रो दल बन्न सफल बनेको छ । एकीकृत समाजवादीले पनि पार्टी गठन गरेको छ महिनाभित्रै महानगर, उप–महानगरसहितका महत्वपूर्ण स्थानीय तह जितेको छ । संख्यामा थोरै जिते पनि एकीकृत समाजवादीले रणनैतिक रुपमा स्थानीय तह जितेको छ ।

कांग्रेसलाई पनि गठबन्धनको फाइदा भएको छ । स्थानीय तहमा ठूलो दल बनेको छ । जनता समाजवादी पार्टीलाई पनि केही स्थानीय तहमा फाइदा भएको छ । पहिलाको भन्दा धेरै ठाउँमा जितेको छ ।

राष्ट्रिय जनमोर्चाले पनि कांग्रेसकै कारण राम्रो फाइदा उठाएको छ । धेरै स्थानीय तहमा जितेको छ ।

रुकुम, रोल्पा लगायतका ठाउँमा माओवादीले एमालेसँग मिलेर कांग्रेसलाई हराउन खोजेको थियो । त्यो कुरा कांग्रेसले रुचाएको छैन । तैपनि ५ दलीय गठबन्धनमा कांग्रेस इमान्दार देखिएको छ ।

माओवादीका अध्यक्ष दाहालको अभिव्यक्तिले सभापति एवम् कांग्रेस सभापति देउवालाई भन्दा बालकोटमा बसेका एमालेका अध्यक्ष ओलीलाई तनाब भएको छ । दाहालको यो अभिव्यक्तिले एमालेहरूलाई झन् तनाब दिएको छ ।

Published : Thursday, 2022 June 2, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया