ओली–प्रचण्ड–माधववीच गठबन्धन वा पार्टी एकीकरण हुन लागेकै हो ? यसबारे के भन्छन् विष्णु पौडेल ?
काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी गठबन्धन वा पार्टी एकीकरण नहुने बताएका छन् ।
कान्तिपुर टेलिभिजनमा टफ टल्क कार्यक्रममा बुधबारको अन्तर्वार्ताका क्रममा पौडेलले तत्कालीन नेकपाबाट फुटेर गएका माओवादी र एकीकृत समाजवादीसँग पार्टी एकताको सम्भावना नरहेको बताए ।
‘नेकपाबाट फुटएर गएको माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकताको कुनै सम्भावना रहेन’, उनले भने, ‘पार्टी एकता हुन त धेरै चिजहरू मिल्नुपर्छ ।’
उपाध्यक्ष पौडेलले भने, ‘अहिले यो गठबन्धनमा रहेका कुनै पनि दलसँग एमालेले तालमेल र गठबन्धनको कोशिष पनि गर्दैन । हामी एक्लै चुनावमा जान्छौँ ।’
‘अहिले गठबन्धनमा रहेका दलहरूलाई एकआपसमा बार्गेनिङ गर्नका लागि यस्ता ह्युमरहरू फैलाउन आवश्यक हुन्छ होला सायद’, पौडेलले भने, ‘त्यस कारण यस्ता ह्युमरहरू बेलाबेला फैलिन्छन् । फलाना–फलानाका बीचमा कुरा भयो । फलाना–फलानाका बीचमा यस्तो हुँदैछ । यसो भयो भने त एकआपसमा बार्गेनिङ गर्न सजिलो हुने भयो नि ? त्यस उदेश्यले गरिएका छन् होला सायद ।’
उपाध्यक्ष पौडेलले भने, ‘म दोहो¥याएर भन्न चाहन्छु । एमाले यो गठबन्धनमा सहभागी भएका कुनै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्दैन । हाम्रो स्पष्ट दृष्टीकोण हो ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई मिलाउन दोस्रो तहका नेताहरू सक्रिय भएका समाचार आइरहेका बेला एमालेकै उपाध्यक्ष पौडेलको यस्तो भनाइ बाहिरिएको छ ।
कार्यक्रममा एमालेका उपाध्यक्ष पौडेलले प्रचण्ड र माधव नेपालमध्ये सबैभन्दा राम्रो नेता प्रचण्ड रहेको बताएका छन् । पार्टी विभाजनमा प्रचण्डभन्दा माधव नेपालकै दोष धेरै रहेको उपाध्यक्ष पौडेलले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया