देउवाको समुन्द्रभन्दा ठूलो मन देखेर खुशी भए बालेन्द्र, आफूले सोँचभन्दा धेरै माया पाए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई सहयोग गर्ने आश्वासन दिएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेट्न मेयर शाह पुगेका थिए । भेटमा देउवाले काठमाडौं महानगरपालिकाको राम्रा काममा आफ्नो साथ, समर्थन र सहयोग रहने आश्वासन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले शाहसँग महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

महानगर प्रमुख शाहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले महानगरको प्रमुखमा विजयी भएकोमा शाहले बधाई दिएका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा शाहले स्वतन्त्रबाट उम्मेदवारी दिएर अत्याधिक मतसहित निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले राम्रा काममा सहयोग गर्ने आश्वासन दिएपछि मेयर शाह खुसी हुँदै बालुवाटारबाट बाहिरिएका छन् ।

हुन त यसअघि शाहले एमालेका अध्यक्ष खड्गप्रसाद ओली, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेट गरिसकेका छन् ।

Published : Wednesday, 2022 June 1, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया