पार्टीभित्र भत्किएको चेनअफ कमाण्डप्रति कांग्रेस नेता चौधरीले यसरी जनाए चिन्ता
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले पार्टीभित्र सिष्टम र चेनअफ कमाण्ड भत्किएको भन्दै चिन्ता जनाएका छन् ।
कांग्रेसका नेता चौधरीले पार्टीलाई सहि बाटोमा लैजान अनुशासनको पालना अनिर्वाय रहेको बताएका छन् । उनले केन्द्रबाट हुने निर्णय र निर्देशनलाई तल्लो तहमा उल्लंघन हुने कार्यप्रति चिन्ता जनाएका छन् ।
‘नेताहरू एउटा सहमति गर्नुहुन्छ विज्ञप्ति जारी गर्नुहुन्छ तर, तल्लो तहका नेताहरूलाई बहाल मतलब छैन’, नेता चौधरीले भनेका छन्, ‘पार्टी सिष्टम, चेनअफ कमाण्डको कुनै गुञ्जायस छैन, सिनियर, जुनियर कुनै कसैलाई मतलब छैन ।’
‘कता जाँदैछ हाम्रो राजनीतिक संस्कार ?’, कांग्रेस नेता चौधरीले प्रश्न गर्दै भनेका छन्, ‘गठबन्धन–गठबन्धन भनिरहने केपी ओलीजीलाई तर्साउने शब्दमा मात्र सीमित होला जस्तो देखिन्छ ।’
उनले भने, ‘भित्र–भित्रै उनै केपी ओलीजीलाई शक्तिशाली बनाउने काम हुँदै जाने पक्का छ ।’
‘गठबन्धनप्रति इमान्दार बनौं । होइन भने गठबन्धनको औचित्य सकियो भनौं’, कांग्रेस नेता चौधरीले भनेका छन् ।
पाँच दलका शीर्ष नेताहरूको बैठकपछि जारी भएको विज्ञप्तिलाई शेयर गर्दै नेता चौधरीले दलहरूभित्र चेनअफ कमाण्ड अति आवश्यक रहेको जनाएका छन् ।
‘बैठकले अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन गर्ने निर्णय गरिएको छ’, शीर्ष नेताहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया