यी हुन् कांग्रेसका ‘जिगरवाला’ महिला नेतृहरू, अपराध गरेका हजारौँ पुरुषहरूलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका महिला सांसदहरूले बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
कांग्रेसकी सांसद डा.डिला संग्रौलाको नेतृत्वमा ४ सांसदले सोमबार प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
हदम्यादको कानूनी प्रबन्धका कारण बलात्कार पीडितले न्याय नपाएको र अपराधीहरूको मनोबल बढिरहेको भन्दै संकल्प प्रस्ताव दर्ता गराएको कांग्रेसकी सांसद डा.संग्रौलाले जानकारी दिइन् ।
डा.संग्रौलासहित सांसदहरू सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् ।
प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिब कारण देखाइ उजुर गर्न आएमा दर्ता गरी अनुसन्धान गर्न सक्ने गरी कानून संशोधन गर्नुपर्ने उल्लेख छ ।
कानून समयानुसार परिवर्तनशील भएकाले समयानुसार परिवर्तन गर्न सकिएन भने त्यस्तो कानून न्यायोचित हुन नसक्ने प्रस्तावमा उल्लेख छ ।
आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गर्न, सरकारलाई आवश्यक दिशानिर्देश गर्न र समयमै कानुन संशोधन गरी बलात्कारजस्ता जघन्य अपराधका पीडितलाई न्यायको मार्ग प्रशस्त गर्न सङ्कल्प प्रस्तुत गरेको प्रस्तावमा जनाइएको छ ।
२०७५ साल भदौदेखि मुलुकी अपराध संहितामा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया