भिरमा यस्तो अवस्थामा भेटियो तारा एअरको जहाज
काठमाडौं । हराइरहेको तारा एअरको ९ एन एईटी, डीएचसी–६ टीडब्लुआईएन ओटीटीईआर वायुयान (जहाज) दुर्घटना अवस्थामा फेला परेको छ ।
तारा एअरद्वारा जारी विज्ञप्तिअनुसार जहाज सोमबार बिहान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका– २ सानुसरे भिरमा भग्नावशेष अवस्थामा फेला परेको हो । जहाज १४ हजार ५ सय फिटको उचाइँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एअरले जनाएको छ ।
जहाजका यात्रुहरूको शव यत्रतत्र छरिएको अवस्थामा देखिएको प्रहरीले जनाएको छ ।
तारा एअरको जहाज आइतबार बिहान १० बजेर ७ मिनटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्क विहीन भएको थियो ।
जहाज फेला परेको स्थानमा प्रतिकूल मौसम र जटिल भूगोलका बाबजुद उद्धारकर्मीहरूले उद्धार कार्य जारी राखेको विज्ञप्तिमा उल्लेख छ ।
जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए ।
जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को–पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया