सलमानका नाममा ‘साँढे’ मन्त्री, सिमान्तसहितको ग्याङले फेरि ठग्यो, पाताकस्न माग
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सिमान्त गुरुङको ओडिसी र वलिक्लबसहितको ‘ग्याङ’ले भारतीय अभिनेता सलमान खानको नाममा लाखौँ सर्वसाधारणलाई झुक्काएको छ ।
काठमाडौंको लाजिम्पाटमा कार्याल रहेको ‘दबाङ्ग द टुर रिलोडेड’को सचिवालयले मंगलबार विज्ञप्ति जारी गरेर सलमान खानको कार्यक्रम स्थगित भएको जनाएको छ । प्रतिक्रिया लिन सिमान्त गुरुङसँग फोनमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
साँढे मन्त्री आलेले काठमाडौंको होटेल सोल्टीमा पत्रकार सम्मेलन गरे तथा सलमान खानसँग अपमानजनक अवस्थामा भिडियो कुराकानी गरेर नेपाल आउन लागेको जनाएका थिए । आलेले सलमानसँग आफ्नो पदीय मर्यादा भुलेर कुराकानी गरेका थिए । सलमानका भाई सोहेल खानसँग पनि मन्त्री आले आपत्तिजनक अवस्थामा बसेका थिए ।
लाखौं व्यक्तिलाई सलमान खानको नाममा ढाँटेको र टिकट काटेर कार्यक्रम नगरी ठगी गरेको अभियोगमा मन्त्री आले र सिमान्त गुरुङसहितका समूहलाई पाताकसेर कारबाही गर्न माग उठेको छ ।
अनलाइनबाट लाखौँको टिकट बेचेको यो ग्याङले पुनः अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको जनाएको छ ।
यसअघि पनि सिमान्त गुरुङसहितको समूहले सलमान खानलाई नेपालमा ल्याउने भनेर टिकट बेचेर सर्वसाधारणलाई झुक्काएपछि ठगी गरेको अभियोगमा तत्कालीन समयमा सिमान्त गुरुङलाई प्रहरीले पक्राउ समेत गरेर कारबाही गरेको थियो ।
सिमान्त गुरुङलाई नेपाल प्रहरीका हालका आईजीपी धिरजप्रताप सिंहले नै पक्राउ गरेर कारबाही गरेका थिए । पछि गुरुङ छुटेका थिए । अहिले पनि गुरुङले मन्त्री आलेसँग मिलेर लाखौँको टिकट बेचेर अन्तिम समयमा हजारौँ सर्वसाधारणलाई ठगी गरेको आरोप छ । आईजीपी सिंहले यो समूहलाई कारबाही गर्छन् वा गर्दैनन् हेनै बाँकी छ ।
ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा यहि २०७९ जेठ १४ गते काठमाडौंमा दबाङ्ग द टुर रिलोडेड कार्यक्रम तय भएको थियो ।
‘नेपालमा जेठ १५ गतेको बजेटले गर्दा केन्द्रीय सरकारको ब्यस्तता निकै बढेको बेला स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा समेत परेको प्रभाव र वर्षाका कारण हाललाई कार्यक्रम आर्को मितिको लागि सार्न लागिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘सो कार्यक्रममा सलमान खानसहित आउने स्वदेशी र विदेशी कलाकारहरूमध्ये चर्चित भारतीय नायिका सुश्री ज्याकलिन फर्नाडिजमाथि लागेको एक मुद्दाको क्रममै भारत सरकारले देश छोडन प्रतिबन्ध लगाएको सन्दर्भमा वहाँले नेपालको इभेन्टलाई आउनलाई अदालतमा दिएको निवेदनमाथि सकारात्मक निर्णय आएन’, विज्ञप्तिमा उल्लेख छ ।
‘नेपालमा हामीले सुश्री ज्याकलिन फर्नाडिजको फोटो राखेर होर्डिङ बोर्ड बनाएको, पोष्टर टासेको, टिकट बेचेको परिप्रेक्ष्यमा अहिले मुम्बईको टिमले वहाँको सट्टामा प्रजा हेगेडेलाई पठाउने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘नेपालमा अचानक कलाकार परिवर्तनबारे टिकट काट्ने आदरणीय दर्शकलाई महानुभावहरूलाई नयाँ अभिनेत्रीको सन्दर्भमा शो हेर्ने वा नहेर्ने संविधानतः अधिकारअनुसार राईट अफ च्वाईसको अवसर दिनुपर्ने देखियो’, विज्ञप्तिमा भनिएको छ, ‘यदि कसैले अभिनेत्री परिवर्तनको विषय मन नपरेर टिकट फिर्ता लिन चाहेमा हामीले कम्तीमा २ हप्ता म्याद दिएर कलाकार परिवर्तनबारे सार्वजनिक सूचना दिनुपर्ने कानूनी सल्लाहकारको राय सुझाव आयो ।’
‘करोडौं खर्च गरेर कार्यक्रम तयारीको लागि २८ वटा ट्रक भारतीय सिमानामा पुगेको तर, लामो बिदाले सोँचे अनुरुपको भन्सार अनुमति पत्र प्राप्तिमा भएको ढिलाइ, प्रतिकुल मौसमको कारणले १० वटा ट्रक समेत रोकिएको र विभिन्न प्राविधिक कारण हामीले कार्यक्रम सार्ने निर्णय मन्त्रालय, प्रशासन, भारतीय प्रोडक्सन र आरट्रीस्ट टोलिको सुझावमा गरेको छौं’, विज्ञप्तिमा उल्लेख छ ।
‘यो कार्यक्रम आयोजना गर्न हाम्रो निकै लगानी भैसकेको अवस्थामा हामीले नेपालको कानूनअनुसार नियम बमोजिम चल्न यो निर्णय गरेकोले हाम्रो समस्यालाई बुझीदिन आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
‘अब नयाँ मितिमा चाडै हुने कार्यक्रममा यहि टिकटले मान्यता पाउनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘टिकट निरन्तर गर्न नचाहनेले दर्शकज्यूले आफ्नो टिकट लगेर रकम सम्बन्धित प्रभु टेक्नोलोजीमा पूर्ण लक भएर बसेको रकमबाट ससम्मान फिर्ता लैजान आग्रह गर्दछौं ।’
‘यो टिकट फिर्तामा कुनै समस्या आएमा हाम्रो नम्बर ९८१३१७४८८८ मा फोन गरेर नि शुल्क रकम फिर्ता बारे जानकारी लिन वा केन्द्रीय कार्यालय लाजिम्पाटमा आउन समेत आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
‘नेपालको पर्यटनलाई उकास्न दबङ्ग टुर द रिलोडेड को नयाँ मिति चाडै तय गर्दै अनि वर्षा नभएको र रङ्गशाला खाली भएको मिति तोक्न कम्पनीका संस्थापक एवम् एमडीहरूलाई भारतीय पक्षले निमन्त्रणा गरेकोले वहाँहरूले भारतबाट नयाँ मिति चाँडै सार्वजनिक गर्नुहुनेछ ।’

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया