सभापति खड्काले सडक बाहिर गएको इलाम कांग्रेसलाई ठाउँमा ल्याए, कति पालिका जित्यो ?
इलाम । इलाम जिल्लाका १० वटा पालिकामा नेपाली कांग्रेसले ४ वटा पालिकामा जित हासिल गरेको छ ।
एउटा पालिकामा कांग्रेस शून्य भएको छ । दुई पालिकामा कांग्रेसले उपाध्यक्ष र उप–मेयर जितेको छ ।
इलाम कांग्रेसका सभापति डम्बरबहादुर खड्का छन् । पहिलाको भन्दा कांग्रेसको अवस्था खड्काले धेरै सुधार गरेका छन् ।
इलाम नगरपालिकाको मेयरमा कांग्रेसका केदार थापा १३१६५ मतसहित निर्वाचित भएका छन् ।
उप–मेयरमा कांग्रेसकै विष्णुकुमारी लिम्बु १३५४२ मतसहित निर्वाचित भएकी छिन् ।
इलाम नगरपालिकाको वडा नं. १ मा कांग्रेसका तर्फबाट गायत्रीराम बस्नेत, ४ मा नूतनदेव दुलाल, ५ मा काजीबहादुर श्रेष्ठ, ६ मा दुर्गा श्रेष्ठ, ७ मा नरेश श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका छन् ।
कांग्रेसबाटै वडा नं. ८ मा दलमान तामाङ, ९ मा गोपाल चौहान, १० मा ओमनाथ प्रधान र १२ मा लाखमान लिम्बु निर्वाचित भएका छन् ।
चुलाचुली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ ६६५० मतसहित निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेका दिलकुमारी लिम्बु ४४५० मतसहित निर्वाचित भएकी छिन् ।
वडा नं. २ मा कांग्रेसबाट लक्ष्मण श्रेष्ठ, ३ मा प्रेमकुमार श्रेष्ठ, ४ मा सागर जवेगु, ५ मा बबिन राई र ६ मा दिलकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् ।
देउमाई नगरपालिकाको मेयरमा एमालेबाट सूर्यप्रसाद पोखरेलले ८६९५ मत र उप–मेयरमा पवीमाया राई ८५६३ मतसहित निर्वाचित भएका छन् ।
देउमाई नगरपालिकाको वडा नं. ३ को वडाध्यक्षमा कांग्रेसबाट पदमबहादुर कटुवाल, ६ मा सुरेन्द्रकुमार बस्नेत, ७ मा रामबहादुर राई र ९ मा यमकुमार लिम्बु निर्वाचित भएका छन् ।
फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा एमालेबाट अध्यक्षमा दीपेन्द्र खनाल ५३२२ र उपाध्यक्षमा कल्पना राई ५१५८ मतसहित निर्वाचित भएका छन् ।
फाकफोकथुम गाउँपालिकाको वडा नं. १ मा कांग्रेसबाट कर्णबहादुर लिम्बु, २ मा यामबहादुर खत्री पौडेल, ४ मा पदमबहादुर मगर र ७ मा छत्रबहादुर लिम्बु वडाध्यक्षमा निर्वाचित भएका छन् ।
माई नगरपालिकाको मेयरमा एमालेबाट मेयरमा खम्बसिंह लिम्बु ८१३२ र उप–मेयरमा हिमा भण्डारी ७८७५ मतसहित निर्वाचित भएका छन् ।
माई नगरपालिकाको वडा नं. १ मा कांग्रेसबाट रामबहादुर राई, ३ मा देवकुमार तामाङ, ६ मा खड्गसुन्दर योङहाङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।
माईजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका कुशबहादुर थेबे ५१३५ र उपाध्यक्षमा कांग्रेसका प्रवीना राई ५१५९ मतसहित निर्वाचित भएका छन् ।
माईजोगमाई वडा नं. २ मा कांग्रेसका डम्बरबहादुर सुवेदी, ३ मा राम घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् ।
माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हेमन्त राई ३८१८ र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोदकुमार नेम्वाङ ३७२९ मतसहित निर्वाचित भएका छन् । माङसेबुङमा कांग्रेस शून्य भएको छ ।
रोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मनिकुमार स्याङबो ४६७९ मत र उपाध्यक्षमा एमालेकी विष्णुमाया खवास ४६५६ मतसहित निर्वाचित भएका छन् ।
रोङ गाउँपालिकाको वडाध्यक्षमा कांग्रेसबाट वडा नं. १ मा मनोहरि खड्का, ३ मा मातृका बराल, ५ मा दलबहादुर पुलामी निर्वाचित भएका छन् ।
सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तुलाराम गुरुङ ४२२३ र उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का हरिबहादुर लुङ्गेली ३६३७ मतसहित निर्वाचित भएका छन् ।
सन्दकपुर गाउँपालिकाको वडा नं. ३ मा लीलबहादुर बुर्जा मात्रै वडाध्यक्षमा निर्वाचित भएका छन् ।
सूर्योदय नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का रनबहादुर राई १२४१३ मतसहित मेयरमा निर्वाचित भएका छन् । उप–मेयरमा कांग्रेसका दुर्गाकुमार बराल ११८५४ मतसहित निर्वाचित भएका छन् ।
सूर्योदय नगरपालिकाको वडा नं. १ मा राजकुमार लिम्बु, ३ मा लीकबहादुर प्रधान, ५ मा उर्गेन बम्जन, ७ मा लोकबहादुर राई, ८ मा जंगबहादुर गुरुङ, ११ मा सन्तोष राई र १४ मा बलबहादुर समाल मगर निर्वाचित भएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया