उपेन्द्र यादबसँग गृहमन्त्री र कानूनमन्त्रीद्वारा निवासमै अचानक भेट
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादबसँग भेटघाट गरेका छन् ।
अध्यक्ष यादबसँग ललितपुरको हात्तीबनस्थित निवासमा शुक्रबार भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको हो ।
समसामयिक राजनीति, संघीय संसदलाई सुचारु गर्ने, सरकारको नीति तथा कार्यक्रमलगायत सरकारद्वारा संसदमा पेस गर्न लागिएका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिएका छन् ।
‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारको नीति तथा कार्यक्रम र सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे भेटमा छलफल भयो’, खाणले भने, ‘छलफल सकारात्मक भएको छ ।’
प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ ।
दलीय सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा भएको कुराकानी सकारात्मक भएको छ ।
गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन् ।
बिहीबारमात्रै नागरिकता विधेयक, संसद् सुचारु गर्ने र सरकारले संसदमा प्रस्तुत गर्न लागेका विभिन्न विधेयकका सम्बन्धमा गृहमन्त्री खाण र कानूनमन्त्री शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् ।
सरकारले दलीय सहमतिमा संसदको जारी अधिवेशनमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी अगाडि बढाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया