विद्या भण्डारीको जिल्लामा कांग्रेसलाई अहिलेसम्मकै ठूलो सफलता, कहाँ–कहाँ जित्यो ?

भोजपुर । भोजपुर जिल्लामा नेपाली कांग्रेसलाई स्थानीय तहमा राम्रो सफलता हासिल भएको छ ।

एमालेको कथित किल्लाका रुपमा रहेको भोजपुरका स्थानीय तहमा यस पटक कांग्रेसले आफूलाई जबरजस्त रुपमा उपस्थिति गराएको छ ।

एमालेकी नेतृ समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको जिल्लामा यसअघिमा स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई ठूलो धक्का लाग्ने गरेको थियो ।

यस पटक कांग्रेसले एमालेबाट धेरै पालिका र वडाहरू खोसेर ल्याएको कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्वउपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिएका छन् ।

अरुण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शालिकराम खत्री २८८७ मतसहित निर्वाचित भएका छन् । उपाध्यक्षमा विनिता ढकाल ३ हजार मतसहित निर्वाचित भएकी छिन् ।

यो पालिकामा कांग्रेसबाट वडा नं. ३ मा कुमार कार्की र ५ मा युवराज ढकाल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

आमचोक गाउँपालिकामा माओवादीबाट अध्यक्षमा अशोक राईले ३६८६ र उपाध्यक्षमा सीता राई ३५६१ मतसहित निर्वाचित भएका छन् ।

यो पालिकाको वडा नं. १ मा कांग्रेसका निम्नुरी शेर्पा, २ मा रामबहादुर खड्का विजयी भएका छन् ।

टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सरोज बस्नेत ३९८० मतसहित निर्वाचित भएका छन् ।

कांग्रेसबाट वडा नं. ४ को वडाध्यक्षमा हर्कराज राई, ७ मा बालबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पौवादुङ गाउँपालिका अध्यक्षमा एमालेका किरण राई २४९९ र उपाध्यक्षमा ज्योत्सना राई २४०६ मतसहित निर्वाचित भएका छन् ।

वडा नं. २ मा कांग्रेसका हरेन्द्रबहादुर पौडेल निर्वाचित भएका छन् ।

भोजपुर नगरपालिकाको मेयरमा कांग्रेसका कैलाशकुमार आले ५६१५ मतसहित निर्वाचित भएका छन् । आलेले भोजपुर नगरपालिकाको मेयरमा दोहोरिएर शक्तिशाली जनप्रतिनिधिको छाप छाडेका छन् । आलेले आफूसँगै बहुमत वडामा वडाध्यक्ष र सदस्य जिताएका छन् ।

वडा नं. २ मा प्रसाद तामाङ, ३ मा मनिराज राई ‘राजकुमार’, ४ मा गिरेन्द्र खड्का, ५ मा फविन्द्र प्रधान, ७ मा जयबहादुर तामाङ, १० मा सविन्द्र राई, ११ मा अशोक राई र १२ मा देवीप्रसाद कार्की कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

रामप्रसाद राई गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका वीरेन्द्र राई ३५७७ मतसहित विजयी भएका छन् । यो पालिकामा कांग्रेसले एउटा पनि वडा जित्न सकेको छैन ।

षडानन्द नगरपालिकाको मेयरमा एमालेका सुरेन्द्रकुमार उदास ६७७२ र उप–मेयरमा माओवादीकी प्रमिला राई ७२५७ मतसहित विजयी भएका छन् ।

यो पालिकाको वडा नं. २ मा कांग्रेसका विष्णुप्रसाद घिमिरे, ४ मा राजकुमार तामाङ, ६ मा सुमन विसन्के, ८ मा सुवास तामाङ, ११ मा भुपालकुमार कार्की, १३ मा पदमबहादुर तामाङ कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट दौलथकुमार कुलुङ राई १८१४ मत र उपाध्यक्षमा कांग्रेसका अस्मिता कुलुङ राई १८६२ मतसहित निर्वाचित भएका छन् ।

यो पालिकको वडा नं. १ मा गणेश बुढाथोकी, ३ मा विनोद राई, ४ मा संजय राई, ५ मा शिवकुमार राई र ६ मा विक्रमवन सन्यासी कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

हतुवागढी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमकुमार राई ४०४२ र उपाध्यक्षमा कांग्रेसकी सुनिता राई ३७०८ मतसहित निर्वाचित भएका छन् ।

यो पालिकाको वडा नं. ७ मा जंगराज राई, ८ मा प्रेमबहादुर थापा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Published : Wednesday, 2022 May 18, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया