इन्द्र बानियाँको जिल्लामा के छ कांग्रेसको अवस्था ? एमाले झण्डै शून्य भयो, एउटा पार्टी नै उन्मूलन

हेटौँडा । मकवानपुर जिल्लाका १० वटा स्थानीय तहमध्ये अधिकांश कांग्रेसका जित हातपारेको छ ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेको कांग्रेसले मकवानपुरका स्थानीय तहमा राम्रो नतिजा निकाल्न सकेको छ । मकवानपुर जिल्ला बाग्मती प्रदेश कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँको गृहजिल्ला पर्छ ।

कमल थापाको राप्रपा नेपाल मकवानपुरबाट उन्मूलन जस्तै भएको छ । मकवानपुर थापाको गृहजिल्ला पर्छ । एमालेसँगमिलेर एमालेकै चुनाव चिन्ह लिएर उम्मेदवार भएका कारण थापाको पार्टी एमालेमा विलय भएको छ ।

कैलाश गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोकबहादुर मुक्तान ४८९७ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका तेजबहादुर ब्लोन ३७५ मतसहित निर्वाचित भएका छन् । २ मा राजेन्द्र तामाङ घिसिङ ४९९ मतसहित निर्वाचित भएका छन् । ७ मा उदासकुमार भोलन ३१२ मतसहित निर्वाचित भएका छन् । ८ मा आशिष प्रजा २९० मतसहित निर्वाचित भएका छन् । ९ मा भुवनसिंह घलान ४४२ मतसहित निर्वाचित भएका छन् ।

थाहा नगरपालिकामा कांग्रेसका भरत गोपालीले उप–मेयरमा जित हातपारेका छन् । वडा नं. ६ को वडाध्यक्षमा राजेन्द्रभक्त श्रेष्ठ ११३८ मतसहित निर्वाचित भएका छन् । ७ मा शिवराज थिङ ९१६ मतसहित निर्वाचित भएका छन् । १२ मा टीकाराजम स्याङतान ७९८ मतसहित निर्वाचित भएका छन् ।

ईन्द्रसरोवर गाउँपालिकामा एमालेले जितेको छ । यो पालिकामा कांग्रेसले वडा नं. १ मा सुवास थापा मगर, २ मा सुमन श्रेष्ठ, ५ मा दुताज तितुङले वडाध्यक्षमा जितेका छन् ।

बकैया गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धर्मराज लामिछाने ११२९२ मतसहित निर्वाचित भएका छन् ।

वडा नं. ५ को वडाध्यक्षमा कांग्रेसकी लक्ष्मी जिम्बा निर्वाचित भएकी छिन् । ९ मा टंकध्वज लोप्चन, ११ मा कमलाकुमारी वाइबा, ११ मा गोपालबहादुर नेसुर, १२ मा ज्ञानेन्द्र बजगाइँ निर्वाचित भएका छन् ।

बाग्मती गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका फणिन्द्रकुमार तिमिल्सिना १०६७ मतसहित निर्वाचित भएका छन् । बाग्मतीमा कांग्रेसले एउटा पनि वडा जित्न सकेको छैन ।

भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका सञ्जीव श्रेष्ठ ५३१५ मतसहित निर्वाचित भएका छन् ।

वडाध्यक्षमा कांग्रेसबाट १ मा सोमबहादुर स्याङतान, ६ मा सोमबहादुर घलान, ७ मा मित्रबन्धु सिजाली निर्वाचित भएका छन् ।

मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङतान ६७०६ मतसहित निर्वाचित भएका छन् ।

वडाध्यक्षमा १ मा आइतसिंह लो, २ मा बखानसिंह पाख्रिन, ४ मा दीपेश दाहाल, ६ मा कृष्णप्रसाद बजगाइँ, ७ मा सूर्यबहदाुर रुम्बा र ८ मा कुमारसिं घिसिङ निर्वाचित भएका छन् ।

मनहरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रञ्जन कालाखेती जितको नजिक छन् । उनले जित्ने निश्चित सरह छ ।

वडाध्यक्षमा १ नं. मा शिवप्रसाद खनाल, ३ मा अनन्तप्रकाश अर्याल, ५ मा दीपेन्दै अधिकारी, ६ मा युवराज थपलिया, ७ मा ठाकुरराम तितुङ, ८ मा नारायण उप्रेती निर्वाचित भएका छन् । वडा नं. ४ मा मतगणना जारी रहेकाले नतिजा आएको छैन ।

राक्सिराङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल ५४८१ मतसहित निर्वाचित भएका छन् । वडाध्यक्षमा १ नं. मा बुद्धराम मुक्तान, ५ मा हरिबहादुर प्रजा, ७ मा रामबहादुर प्रजा र ९ मा रामकुमार वाल्वा थिङ निर्वाचित भएका छन् ।

बुधबार बेलुका ६ बजेसम्म हेटौँडा उप–महानगरपालिकको मतगणना चलिरहेको छ । हेटौँडमा कांग्रेसका उप–मेयरका उम्मेदवार राजेश बानियाँ निकै अगाडि छन् । उनले जित्ने सम्भावना छ ।

१८ वटा वडा रहेको हेटौँडामा अहिलेसम्म कांग्रेसको तर्फबाट १ नं. मा सविन न्यौपाने, २ मा विष्णु गोपाल महर्जन, ३ मा ढलकबहादुर थापा, ६ मा विष्णुबहादुर दाहालले जित हासिल गरिसकेका छन् ।

Published : Wednesday, 2022 May 18, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया