गढवामा कांग्रेसले यसरी बीउ बचायो, एमाले बढारिनबाट बच्यो

गढवा । दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका ४० वर्षीय यमनारायण शर्मा पोखरेल अध्यक्षमा विजयी भएका छन् । पोखरेल ६९०९ मतसहित विजय भएका हुन् ।

पोखरेलका प्रतिद्वन्द्वी कांग्रेसका ६२ वर्षीय सर्वजित डिसी ६१६७ मतसहित पराजित भएका छन् ।

पार्टीभित्रको अन्तरिक कलहका कारण गढवा गाउँपालिका कांग्रेसले गुमाउन पुगेको छ । टिकट वितरणमा देखिएको समस्या, जिल्ला र क्षेत्रीय नेतृत्वको असक्षमताले गर्दा कांग्रेस गढवामा पराजित हुन पुगेको छ ।

उपाध्यक्षमा कांग्रेसकी ४७ वर्षीया शारदाकुमारी चौधरी निर्वाचित भएकी छिन् । शारदाले ५८८१ मत पाएकी थिइन् । शारदासँग एमालेकी ४५ वर्षीया सीताकुमारी चौधरी पराजित भएकी छिन् । सीताले ४८३० मत पाएकी थिइन् ।

गढवामा रहेका ८ वटा वडामा कांग्रेस र एमालेले समान २–२ वटा वडामा जित हातपारेका छन् । माओवादीले ४ वटा वडामा जित निकालेको छ ।

गढवाको वडा नं. १ मा एमालेका ३६ वर्षीय बाबुराम अधिकारी १३१७ मतसहित विजयी भएका छन् । अधिकारीसँग कांग्रेसका ४९ वर्षीय माधवप्रसाद सापकोटा ९९७ मतसहित पराजित भएका छन् ।

वडा नं. २ मा माओवादीका ५२ वर्षीय भक्तु चौधरी ८१४ मतसहित विजयी भएका छन् । ३६ वर्षीया चौधरीसँग एमालेका भानुप्रसाद यादब ७१३ मतसहित पराजित भएका छन् ।

वडा नं. ३ मा माओवादीका ५२ वर्षीय तुलसीराम अधिकारी ११४० मतसहित विजयी भएका छन् । अधिकारीसँग कांग्रेसका ४१ वर्षीय गुरुप्रसाद चौधरी ५८९ मतसहित पराजित भएका छन् ।

वडा नं. ४ मा माओवादीका ४२ वर्षीय हरिभगत चौधरी १५६७ मतसहित निवार्चित भएका छन् । चौधरीसँग कांग्रेसका ६१ वर्षीय गुलाम महम्मद जागा मुसलमान ८३५ मतसहित पराजित भएका छन् ।

वडा नं. ५ मा कांग्रेसका ४६ वर्षीय लेखबहादुर थापा ७६१ मतसहित निर्वाचित भएका छन् । थापासँग नेकपा (एकीकृत समाजवादी) २८ वर्षीय सन्दीप आचार्य ६४१ मतसहित पराजित भएका छन् ।

वडा नं. ६ मा ५१ वर्षीय मओवादीका वीरबहादुर आले मगर ११४२ मतसहित निर्वाचित भएका छन् । मगरसँग कांग्रेसका ५६ वर्षीय बालचन्द्र ठकुरी हमाल १०२१ मतसहित पराजित भएका छन् ।

वडा नं. ७ मा कांग्रेसका ४२ वर्षीय राहुलदेव चौधरी ९९१ मतसहित निर्वाचित भएका छन् । राहुलसँग नेकपा (एकीकृत समाजवादी) ४३ वर्षीय पुरनप्रसाद चौधरी ४८१ मतसहित पराजित भएका छन् ।

वडा नं. ८ मा ३७ वर्षीय अब्दुल खालिक सिद्दिकी ४९६ मतसहित निर्वाचित भएका छन् । अब्दुलसँग माओवादीका २७ वर्षीय सद्दाम सिद्दिकी ३८७ मतसहित पराजित भएका छन् ।

Published : Wednesday, 2022 May 18, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया