महेश बस्नेतको किल्ला कांग्रेसले भत्काइदियो, सभापति थापाले दिए बधाई

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सुरेन्द्रले एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन कार्यालयका अनुसार सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका मदनसुन्दरले ११ हजार ३५ मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का आशाहरि प्रजापतिले २ हजार २५ मत पाएका छन् ।

मध्यपुर थिमीको उप–मेयरमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । विजयले १२ हजार १ सय २ मत पाएका छन् ।

उप–मेयरकी उम्मेदवार एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत पाएकी छिन् ।

नेमकिपाकी उप–मेयरकी उम्मेदवार दीक्षा बाडेले २ हजार ७२२ मत प्राप्त गरेकी छिन् ।

मध्यपुर थिमि नगरपालिकामा कांग्रेसले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

मध्यपुर थिमि नगरपालिका ९ वटा वडामध्ये ६ वटामा कांग्रेसका वडाध्यक्षहरू निर्चित भएका छन् ।

२ वटा वडामा एमाले र १ वडामा नेमकिपाका वडाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

यसैबीच, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले मेयर सुरेन्द्र श्रेष्ठसहित निर्वाचित कांग्रेसका उम्मेदवारहरूलाई बधाई दिएका छन् । थापाले आगामी दिनमा जनताको मन जित्ने गरेर लोभलालचमा नलागेर काम गर्न सुझाव दिएका छन् ।

भक्तपुरमा नेमकिपाले कांग्रेस, एमाले, माओवादीसहितका दलका उम्मेदवारहरूको जमानत जफत हुने गरेर जित हासिल गरेका बेला कांग्रेसले मध्यपुर थिमि नगरपालिकामा शानदार जित हातपारेको छ ।

एमालेका नेता महेश बस्नेतको जिल्लाका रुपमा परिचित भक्तपुरमा कांग्रेसले जबरजस्त जित हातपारेको छ ।

Published : Wednesday, 2022 May 18, 8:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया