कांग्रेस–माओवादीसँग पंगा लिँदा रौतहटमा ओलीका अध्यक्षका उम्मेदवारको जमानत जफत

चन्द्रपुर । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेले गाउँपालिकाको अध्यक्षमा २६ वर्षीय रिंकु यादवलाई उम्मेदार बनाएको थियो । रिंकुले ७९ मत पाएका छन् ।

गाउँपालिकाको अध्यक्षमा माओवादीबाट ४४ वर्षीय शम्भुकुमार सिंह विजयी भएका छन् । शम्भुले ४ हजार २ सय ४ मत पाएका छन् । यो गाउँपालिकामा नेपाली कांग्रेस दोस्रो बनेर पराजित भएको छ ।

सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको अहँकारपूर्ण राजनीतिलाई रौतहटका मतदाताले मतदान नगरेर एमाले र ओलीलाई दण्ड दिएका छन् ।

एमालेसँगै अध्यक्षमा जमानत जफत हुनेमा कमल थापा नेतृत्वको राप्रपा नेपालका पनिलाल महतो रहेका छन् । उनले ७ मतपाएका छन् ।

स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवार बनेका शैलेन्द्रकुमार सिंह र संजीव साह सोनारले १–१ मत पाएका छन् ।

पप्पुकुमार तिवारी, धुपलाल दास तत्मा, सुरेन्द्र साह, संजीवकुमार सिंह र प्रभेस दासले अध्यक्षमा १ भोट पनि पाएका छैनन् ।

Published : Tuesday, 2022 May 17, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया