मोहन बस्नेतको नगरपालिकामा कांग्रेस दोब्बर मतले अगाडि, सिन्धुपाल्चोकमा पनि खाता खुल्यो, जिल परे एमालेहरु
बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका आङ दोर्जे शेर्पा निर्वाचन भएका छन् ।
आइतबार बिहान सार्वजनिक भएको अनौपचारिक नतिजाअनुसार शेर्पाको पूरै प्यानल विजयी भएको छ । कांग्रेसका उम्मेदवारहरु एमालेका उम्मेदवारहरुभन्दा दोब्बर मतले विजयी भएका छन् ।
यो वडामा कांग्रेसबाट मेयर बालकृष्ण बस्नेत र उपमेयरमा मञ्जु तामाङ अत्याधिक मतसहित अग्रता लिएका छन् ।
वडा नं. १ मा १२ सय मत गणना भएको थियो । वडा नं. २ मा पनि एमालेका उम्मेदवारहरु निकै पछाडि छन् ।
बाह्रबिसे नगरपालिकाका मेयर एवम् एमालेका नेता निमफुन्चु शेर्पाको वडामा समेत कांग्रेसले जबरजस्त दोब्बर मतले अग्रताका साथ जित्ने तयारीमा छ ।
बाह्रबिसे नगरपालिका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको घर रहेको नगरपालिका पर्छ । अघिल्लो पटक बाह्रबिसेमा एमालेले जितेको थियो । यस पटक एमालेले बाह्रबिसे नगरपालिका गुमाउँदै छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया