गोविन्दराज जोशीका छोरासहित १४ जना कांग्रेसबाट निलम्बित
तनहुँ । नेपाली कांग्रेस तनहुँले पूर्वमन्त्री गोविन्दराज जोशीका छोरासहित १४ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै कांग्रेसले उनीहरुलाई कारबाही गरेको हो ।
कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आलेले संविधानसभा सदस्य झुलबहादुर आले र ऋषिङ गाउँ कार्यसमिति सभापति तीलबहादुर थापालाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
कांग्रेसले व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीसहित १२ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।
जिल्ला अनुशासन समिति संयोजक केशबहादुर सुनारले नगर प्रमुखदेखि वडा सदस्यसम्म स्वतन्त्र उम्मेदवारी दिएका १२ जनालाई कारबाही गरिएको पुष्टि गरेका छन् ।
उनका अनुसार कांग्रेसले भानु–१ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार नारायण पनत, वडा सदस्यका स्वतन्त्र उम्मेदवार हस्तबहादुर क्षेत्री, भानु–१३ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार सीताराम बानियाँलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।
आबुखैरेनी–२ का कटकबहादुर थापा, ५ का सन्तबहादुर गुरुङ, म्याग्दी–१ का विष्णुबहादुर थापा र मुक्ति खनाल, ३ का गंगदत्त अधिकारी, सीता अधिकारी, रामचन्द्र श्रेष्ठ, वडा नम्बर ४ का भागिरथ घिमिरे पनि कांग्रेसका निष्काशित भएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया