यी हुन् एमालेका ३३ किलो सुनकाण्डदेखि सांसद अपहरणसम्मका कर्तुतहरु

काठमाडौं । नेपाली कांग्रेसले सांसद अपहरण, ओम्नी, ३३ किलो सुनकाण्ड गर्ने एमालेलाई मतदान नगर्न आग्रह गरेको छ ।

कांग्रेसले मंगलबार प्रेस नोट जारी गरेर तत्कालीन एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको कर्तुतहरु सार्वजनिक गरेको छ ।

‘ओली सरकारको पालामा खोप काण्ड,ओम्नी काण्ड, वाइडबडी काण्ड, यति काण्ड,सेक्युरिटी प्रेस काण्ड, रेल्वे ट्रयाक ठेक्का काण्ड , ३३ किलो सुन काण्ड, गुठी विधेयक काण्ड, यातायात सिण्डिकेट काण्ड, प्रेस स्वतन्त्रता संकुचन काण्ड, सांसद अपहरण काण्ड, ,अध्यादेश काण्ड र प्रतिनिधिसभाको पटक पटक विघटन काण्ड भएका छन्’, कांग्रेसले भनेको छ ।

नेपाली जनतालाई यो अधिकार दिलाउन र लोकतान्त्रिक पद्धतिमार्फत देशलाई समुन्नतिको शिखरमा पुर्‍याउन नेपाली कांग्रेसले सात दशकसम्म अनवरत संघर्ष गरेको छ । २०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा संविधान सभाबाट संविधान जारी भएपछि हामीलाई आवधिक निर्वाचनको यो दोस्रो अवसर प्राप्त हुँदैछ ।

‘स्थानीय तहको अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाभन्दा कम स्थान जितेकोले हामीले चाहे अनुसार तपाईँहरुसमक्ष सबै ठाउँमा सेवासुविधा पुर्‍याउन सकेनौ’, उनले भने, ‘सबै ठाँउमा स्थानीय आवश्यकता अनुसारका विकासका काम बढाउन सकेनौ ।’

‘यो प्रवृत्तिको विरुद्ध नेपाली कांग्रेस निरन्तर लागि रहेको थियो । राज्यका सबै शक्ति आफूमा केन्द्रित गरी अधिनायकवादी शैलीमा राज्य संंचालन गर्न खोजेपछि पार्टीभित्र र बाहिरको बिरोधले के।पी।शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत गुमायो’, कांग्रेसले भनेको छ ।

‘आफ्नो नेतृत्वमा आएको संविधान र शहिदहरुको बलिदानले ल्याएको लोकतान्त्रिक पद्धति नै जोखिममा पर्ने अवस्था सिर्जना भएपछि सहयोगी दलहरुको समर्थनमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिने अग्रसरता देखाएको हो’, कांग्रेसले भनेको छ, ‘गत असार अन्त्यदेखि देशमा कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शासन चलेको छ । प्रदेशहरुमा गठबन्धन सरकार बनेका छन् । हामीले बनाएको संविधान कार्यान्वयन हुँदैछ । लोकतन्त्रको जरा मजबुत हुँदैछ ।’

नेपाली जनतालाई यो अधिकार दिलाउन र लोकतान्त्रिक पद्धतिमार्फत देशलाई समुन्नतिको शिखरमा पुर्‍याउन नेपाली कांग्रेसले सात दशकसम्म अनवरत संघर्ष गरेको छ । २०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा संविधान सभाबाट संविधान जारी भएपछि हामीलाई आवधिक निर्वाचनको यो दोस्रो अवसर प्राप्त हुँदैछ ।

स्थानीय तहको अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाभन्दा कम स्थान जितेकोले हामीले चाहे अनुसार तपाईहरुसमक्ष सबै ठाउँमा सेवासुविधा पुर्‍याउन सकेनौ । सबै ठाँउमा स्थानीय आवश्यकता अनुसारका विकासका काम बढाउन सकेनौ, कांग्रेसले भनेको छ ।

Published : Tuesday, 2022 May 10, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया