राप्तीमा कांग्रेसको अहिलेसम्मकै ठूलो शक्ति प्रदर्शन, थारु महिला नेतृ जगदम्बाले कमाल गर्ने पक्का

मसुरिया । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले शक्तिप्रदर्शन गरेको छ ।

कांग्रेसले सोमबार गाउँपालिकामा प्रदर्शन गरेको हो । करीव ५ हजार स्थानीय कार्यकर्ताको सहभागितामा कांग्रेसले मोटरसाइकल, बस, चारपांग्रेस गाडीसहित प्रदर्शन गरेको हो ।

राप्ती गाउँपालिकाको सबैभन्दा पूर्वी गाउँदेखि नर्तीसम्म कांग्रेसले प्रदर्शन गरेको हो । प्रर्शनमा गाउँपालिकाकी अध्यक्षकी उम्मेदवार जगदम्बा चौधरी, उपाध्यक्षका उम्मेदवार हरि भुसालले मतदाताहरुसँग भोट मागेका थिए ।

स्थानीय युवाहरुको सहभागिता रहेको प्रदर्शनपछि मसुरियाको नयाँबस्तीमा आएर समापन भएको थियो । कांग्रेसले राप्ती गाउँपालिकामा अहिलेसम्मकै ठूलो प्रदर्शन गरेको स्थानीय मतदाताहरुले बताएका छन् ।

अध्यक्षकी उम्मेदवार जगदम्बा चौधरीले आफू र आफ्नो सबै टिमलाई जिताउन अपील गरेकी छिन् । उनले कांग्रेस एक्लैले उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएको भन्दै कांग्रेसका सबैलाई जिताउन अनुरोध गरेकी छिन् ।

राप्तीमा कांग्रेसले देखाएको शक्तिप्रदर्शनपछि एमाले, माओवादी र जनमोर्चाको सातोपुत्लो उडेको छ । कांग्रेसले राप्ती गाउँपालिकामा फेरि पनि जितको झण्डा गाड्ने जनाएको छ ।

Published : Tuesday, 2022 May 10, 2:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया