कांग्रेस नेतृत्वको गठबन्धनको बबाल निर्णय, अब एमालेलाई पसिना छुट्ने
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरसहित र सौहाद्र्र तवरले सम्पन्न गराउनका लागि गठबन्धनमा रहेका सबै राजनीतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिवद्ध रहने निर्णय गरेका छन् ।
कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोलाको अध्यक्षतामा शुक्रबार बसेको ५ राजनीतिक दलको बैठकले गठबन्धनमा रहेका दलहरूबीच आपसी समझदारीमा दिइएका उम्मेदवारविरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्कृय गराउन आवश्यक गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरूबीचमा असमझदारी सिर्जना भएमा आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय भएको छ ।
स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धन दल बाहेक अन्य राजनैतिक दलहरूसँग असहमति वा असमझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलहरूबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय भएको छ ।
कांग्रेसी केन्द्रीय सदस्य नानु बास्तोला, माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय, एकीकृत समाजवादीका लक्ष्मण केसी, जसपाका लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् ।
पाँच दलीय गठबन्धनको यो निर्णयले स्थानीय तहको निर्वाचनमा एक्लिएको एमालेलाई तनाब हुनेछ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया