डा.महतद्वारा पूर्व प्रशासक, कर्मचारी र सुरक्षाकर्मीहरूसँग भेट, रणनीति बनाएर कांग्रेस जिताउन आग्रह
बालुवाटार । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन जसरी पनि जित्नुपर्ने बताएका छन् ।
कांग्रेस समर्थक पूर्व कर्मचारी र प्रशासकहरूसँग काठमाडौंको बालुवाटारमा शुक्रबारको अन्तरक्रियामा डा.महतले संसदीय निर्वाचन जित्नका लागि पनि वडामा जित्नैपर्ने बताए ।
उनले एमालेसँग प्रतिस्पर्धा गर्न लागेको भन्दै एमालेलाई पराजित गर्न जरुरी रहेको बताए । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एमालेलाई हराउनुपर्ने डा.महतले बताए ।
‘सत्तामा जाँदा एमालेका नेता ईश्वर पोखरेलले के–के गरेका छन् हामी सबैलाई थाहा छ । हाम्रो स्मरणमा त्यो कुरा छदैँछ’, डा.महतले भने, ‘यसलाई पनि मध्यनजर गरे हामी अहिले नै दौडिएर प्रचार गरौं, पछि दौडिएर काम छैन ।’
प्रवक्ता डा.महतले कांग्रेसले वडा र मेयरमा जित्यो भने मात्रै जनताको काम र विकास गर्न सकिने बताए ।
डा.महतले पूर्वकर्मचारी, पूर्वप्रशासक र पूर्व सुरक्षाकर्मीहरूले आ–आफ्नोतर्फबाट समितिहरू बनाएर कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई मत मागेर जिताउन अनुरोध गरे । उनले भने, ‘तपाईहरूले समानान्तर समिति बनाएर प्रचार गर्नुस् ।’
कांग्रेसलाई भोटको खाँचो नरहेको बताएका उनले भने, ‘मतदाताहरूलाई कन्भिन्स गरेर अत्याधिक मतबाट कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ ।’










बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया