दुई ठूला महानगरमा रेनु र सिर्जनालाई पाएका छौँ, उहाँहरूलाई जिताऔँ : महालक्ष्मी उपाध्याय
भरतपुर । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले भरतपुर महानगरपालिकाका मतदाताले रेनुको टिमलाई मतदान गरेर जिताउने बताएकी छिन् ।
बिहीबार भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ उपाध्यायले मेयर, उप–मेयर, वडाध्यक्ष र सदस्यहरूलाई मतदाताले मतदान गरेर विजयी बनाउने बताइन् ।
उनले भोलिका दिनमा पनि गठबन्धन आवश्यक रहेको भन्दै स्थानीय तहको गठबन्धनले आगामी दिनमा केन्द्रीय सरकार बनाउने बाटो खोल्ने बताएकी छिन् ।
नेतृ उपाध्यायले भरतपुरमा रेनु दाहाल र काठमाडौंमा सिर्जना सिंहलाई मेयरका रुपमा पाएको भन्दै खुसी व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘छ वटा महानगरमा दुई वटामा मेयरका रुपमा महिला पाएका छौँ । सबैलाई जिताउनुपर्छ ।’
Published : Thursday, 2022 May 5, 2:58 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया