आईजीपी सिंहको प्रवेशपछि हेडक्वाटरमा खुसीयाली, आफूले पाएको अन्याय अरुलाई हुन नदिने

काठमाडौं । झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल प्रहरीभित्र ल्याएको ठूलो उथलपुथल प्रधानमन्त्री शेरबहादुर देउवाले सुधारको प्रयास गरेका छन् ।

ओलीले आफूलाई मन परेका र दलालहरूले ल्याएका नामलाई अवसर दिनेदेखि बढुवा गर्नेसम्मका हर्कत गरेका थिए । ओलीले त्यो बेला दुईतिहाईको दम्भको आहँकारमा प्रहरीका उच्च अधिकारीहरूको मानमर्दन गरेका थिए ।

एसएसपीबाट डीआईजीमा बढुवा होस् वा डीआईजीबाट एआईजीमा बढुवाको निर्णय होस् ओलीले आफू निकटकालाई मात्रै अवसर दिएका थिए । त्यो बेला तत्कालीन एसएसपी धिरजप्रताप सिंहसहितका उच्च अधिकारीहरू अन्यायमा परेका थिए ।

पछि बल्ल बल्ल डीआईजीमा बढुवा हुन पुगे । सिंहसहितका उच्च अधिकारीलाई दुईतिहाईको कम्युनिस्ट सरकारले तलै थिचेर राख्न खोजेको थियो ।

ओली सरकारले जति नै थिचे पनि रोलक्रमअनुसार बढुवा हुनै पर्ने थियो ।

वरीयता मिचेर ओलीले विश्वराज पोखरेललाई डीआईजी र एआईजीपमा बढुवा गरेर ठूलो अन्याय गरेका थिए ।

ओलीको कोपभाजनमा परेका उच्च अधिकारीहरूले क्रमशः ठाउँ पाउँदै गएका छन् । नेपाली कांग्रेस नेतृत्वको अहिलेको सरकारले सिंहलाई प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेर न्याय दिएको छ ।

सिंह प्रहरीभित्र हकी स्वभावका कमाण्डिङ गर्न क्षमताका व्यक्ति मानिन्छन् । सिंहले आईजीपीको कमाण्ड सम्हाल्नेवित्तिकै प्रहरीभित्र उत्साह छाएको छ ।

प्रहरी संठनभित्र आईजीपी सिंहले कुनै पनि भेदभाव, अन्याय नगरेर क्षमता, कार्यकुशलताका आधारमा काम गर्ने बताएका छन् ।

आफू वरिष्ठ हुँदाहुँदै अन्यायमा परेर आईजीपीको पदमा पुगेको सिंहले आफू निकटका उच्च अधिकारीहरूलाई बताउने गरेका छन् । अन्याय र वरिष्ठता मिचिएको कुरा सहेर आएका सिंहले आफूले जस्तो अन्याय अरुलाई नहोस् भन्ने सतर्क रहेको बताउने गरेका छन् ।

विगतमा तितामीठा कुरालाई भुलेर निर्वाचनको सुरक्षामा केन्द्रित भएर जानुपर्ने आईजीपी सिंहको भनाइ छ ।

Published : Wednesday, 2022 May 4, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया