कांग्रेस नेतृ सिंहसँग कम्युनिस्टहरू काठमाडौंमा डरले ‘छुलछुल’, अहँकारीहरूको पत्तासाफ हुने
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहको लोकप्रियताबाट कम्युनिस्टहरूलाई तनाब भएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी सिंह कार्यकर्ताका बीच लोकप्रिय छिन् ।
नेविसंघको राजनीतिमा भिडेरै आएकी सिंहले हालकी उर्जामन्त्री पम्फा भुसाललाई पिके क्याम्पस बागबजारमा पराजित गरेकी थिइन् ।
गणेशमान सिंहका छोरा प्रकाशमान सिंहसँग विवाह हुनुभन्दा अगाडि नै गोरखा कांग्रेसमा आबद्ध सिंहले कार्यकर्तालाई संरक्षण गर्न मन पराउँछिन् ।
कम्युनिस्टका मेयर र उप–मेयरका उम्मेदवारभन्दा निकै शालिन र असल नेतृ हुन् नेतृ सिंह । नेतृ सिंहलाई विजयी बनाउन कांग्रेसका कार्यकर्ताहरूले चुनावी कार्यक्रममा अपील गर्ने गरेका छन् ।
सिंहले जित्ने सम्भावना देखेपछि विशेष गरेर एमालेबाट मेयरमा उम्मेदवार बनेका केशव स्थापिटले अन्टसन्ट बोल्ने गरेका छन् ।
महिलामाथि यौनहिंसा गरेको आरोप लामो समयदेखि खेप्दै आएका स्थापित पराजित हुने डरले आतंकित बनेका हुन् । उनले दिने अभिव्यक्तिहरू निकै तल्लोस्तरको हुने गरेको चर्चा छ ।
विगतमा मेयर हुँदा राम्रो काम गरेर चर्चामा आएका स्थापिट एउटै पार्टी भने रहन सकेनन् ।
अवसरका लागि जे पनि गर्न सक्ने हिम्मत राख्ने स्थापित एमाले छाडेर माले बने, माले छाडेर एमाले बनेका थिए ।
फेरि प्रजा परिषद पार्टीको अध्यक्ष बने, राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा काठमाडौंको टीके मेयर बने, आफ्नै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध हर्कत गर्दा मन्त्री पदबाट बर्खास्त भएका थिए ।
निर्वाचनको प्रचार प्रसारका क्रममा स्थापितले यौनहिंसाबारे लागेको आरोपबारे प्रश्न गर्दा एक जना महिलालाई अपमानित हुने गरेर आक्रोशित हुँदै गालीगलौज गरेका थिए ।
स्थापितलाई जनताले धेरै राम्रो नेता भन्दै आएका थिए । तर, उनको अहँकार र घमण्डले मेयरमा जितेपछि पनि यस्तै व्यवहार गरेर सेवाग्राहीलाई दुःख दिने हुन् कि भन्ने ठूलो आशंका मतदातामा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया