लिखुमा एमालेबाट अध्यक्षका उम्मेदवार बनेका विष्टको कीर्ते काण्ड, प्रहरीले हातहाल्यो
लिखु । ओखलढुंगाको लिखु गाउँपालिकामा एमालेबाट अध्यक्ष पदमा उम्मेदवार बनेका होमबहादुर विष्टविरुद्ध दोहोरो नागरिकता लिएको उजुरी परेको छ ।
विष्टले ओलखढुंगा र काठमाडौंबाट अलग–अलग नाममा दोहोरो नागरिकता लिएको दाबीसहित उजुरी परेको हो ।
दुई जिल्ला प्रशासन कार्यालयबाट फरक–फरक नाममा जारी भएका नागरिकताको फोटोकपीसहित जिल्ला प्रहरी कार्यालयमा ओखलढुंगामा उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एमालेका नेता विष्टको नागरिकताको छानबिन प्रक्रिया अगाडि बढाएको छ ।
विष्टले ओखलढुंगाबाट पहिलो पटक २०४७ असोज २९ गते १८३५/४५४ नम्बरको होमबहादुर बिष्टको नाममा नागरिकता लिइएको आरोप छ ।
उनले काठमाडौंबाट समेत २०५१ सालमा असार २१ गते मिलनकुमार विष्टको नामबाट नागरिकता लिइएको आरोप छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया