महँगो खाना खाएर कम्युनिस्टका दुई नेताबीच गोप्य वार्ता, एमाले–माओवादी मिलाउन माफिया सक्रिय
काठमाडौं । माओवादी केन्द्रको महासचिव पदलाई लिएर वर्षमन पुन र जनार्दन शर्माबीच मारामार चलेका बेला पाँचतारे होटेलमा गोप्य भेट भएको छ ।
काठमाडौंको बबरमहलस्थित पाँचतारे होटेल बुटिक बसेरामा आइतबार पुन र शर्माबीच भेटवार्ता भएको छ ।
भेटमा महासचिव पद, एमालेसँगको सम्बन्ध सुधार र अर्थ मन्त्रालयमा देखिएको विवाद समाधानका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
अर्थमन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको विवादमा पुनले शर्माको विरोध गरेका थिए । त्यसपछि पुन र शर्माबीच शीतयुद्ध चलेको थियो ।
माओवादीभित्र पुन र शर्मा एकअर्काका प्रतिद्वन्द्वी हुन् । उनीहरू मिल्दैनन् ।
आइतबार अचानक पुन र शर्माबीच महँगो खाना खाएर पाँचतारे होटेलमा गोप्य भेट भएको छ । उनीहरू दुबै जना एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग निकट छन् ।
एमाले र माओवादीबीच गठबन्धन वा पार्टी एकता गरेर जानुपर्छ भन्ने पक्षमा पुन र शर्मा छन् ।
बुटिक बसेरा होटेल मेडिकल माफियाका रुपमा परिचित विशाल पण्डितको हो । पण्डित एमाले समर्थक हुन् । पण्डितले नै एमाले र माओवादीलाई मिलाउन प्रयासरत रहेको चर्चा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया