बुद्ध एयरको जहाजको टायर पञ्चर, भैरहवा विमानस्थल अवरुद्ध
भैरहवा । भैरहवाको गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पञ्चर भएको छ ।
टायर पञ्चर भएपछि विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको छ ।
बिहान ११ बजेर ४५ मिनटमा भैरहवा आएको बुद्ध एयरका विमान दिउँसो २ बजेर २८ मिनटम उड्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । उड्नुभन्दा अगाडि चेकजाँच गर्ने क्रममा अगाडि टायर पञ्चर भएको अवस्थामा देखिएको थियो ।
टायर पञ्चर भएपछि जहाजको मर्मतका लागि काठमाडौंबाट ईञ्जिनियर बोलाइएको छ ।
टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको छ ।
जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए ।
Published : Saturday, 2022 April 30, 5:07 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया