सभापति देउवाको आदेशपछि कांग्रेसका विद्रोहीहरूको भागाभाग
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध विद्रोही उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर पार्टीका सदस्य भएर आधिकारिक उम्मेदवारविरुद्ध दिएको उम्मेदवारी फिर्ता नलिएर कारबाही गर्ने चेतावनी दिएकाा छन् ।
‘२०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको टिकट नपाएपछि केही अराजक नेता कार्यकर्ताले पार्टीका आधिकारिक उम्मेदवारहरूविरुद्ध विभिन्न पालिकाहरूमा बागी बनेर उम्मेदवारी दिएका छन् ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बागीहरूलाई उम्मेदवारी फिर्ता लिन पटक–पटक आग्रह गरेका छन् ।
शुक्रबार ५ बजेसम्म बागी बनेर उम्मेदवारी दिएकाहरूले मनोनयन फिर्ता नलिए कारबाही गर्ने सभापति देउवाको कडा चेतावनी छ ।
देउवाको यो चेतावनीपछि कांग्रेसका विद्रोही उम्मेदवारहरूको भागाभाग शुरु भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया