कांग्रेसद्वारा शक्तिशाली उप–समितिहरू गठन, काम गर्ने नेताहरू छानेर जिम्मेवारी प्रदान

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सात वटा उप–समितिहरू गठन गरेको छ ।

बिहीबार पार्टी उप–सभापति समेत रहेका समितिका संयोजक पूर्णबहादुर खड्काले उप–समितिहरू बनाएर संयोजकहरू मनोनयन गरेका हुन् ।

केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उप–समितिहरूमा केन्द्रीय सदस्यहरूलाई संयोजकमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेललाई अनुगमन, मूल्याकंन तथा सुपरिवेक्षण उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्य मदनबहादुर अमात्यलाई शुभेच्छुक संस्था समन्वय एवं परिचालन उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्य उदयशम्शेर राणालाई विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्य जीतजंग बस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्य रामहरि खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उप–समितिको संयोजकमा मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनमा कम्युनिस्टहरूसँग भिड्नका लागि रणनीति बनाउन उप–समितिहरू गठन गरिएका हुन् ।

Published : Thursday, 2022 April 21, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया