कांग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा, टिकटमा क–कसको भाग्य खुल्ने ?
काठमाडौं । ५ दलीय सत्ता गठबन्धनबीच भएको सहमतिका विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
बिहीबार दिउँसो ३ बजे बालुवाटारमा देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन, महानगर र उप–महानगरका उम्मेदवार, पार्टीको घोषणा पत्र, ५ दलीय गठबन्धनबीच भएको सहमति लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको बताए ।
महानगर र उप–महानगरमा कांग्रेसको केन्द्रबाट टिकट वितरण गरिनेछ । टिकटमा दाबी गरेकाहरूका विषयमा पनि छलफल हुन सक्नेछ ।
कांग्रेसले ठूला र महत्वपूर्ण महानगर र उप–महानगरमा जित्ने गरेर टिकट वितरणको तयारी गरेको छ ।
Published : Thursday, 2022 April 21, 2:25 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया