विराटनगर कांग्रेसले गठबन्धनको निर्णय नमान्ने, एक्लै चुनाव लड्ने
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले ५ दलीय गठबन्धनको निर्णयलाई नमान्ने भएको छ ।
गठबन्धनको निर्णयप्रति रुष्ट बनेको नगर कांग्रेसले विराटनगरमा कुनै पनि दलसँग तालमेल नगर्ने जनाएको छ । कांग्रेसले स्थानीय तहको निर्वाचन एक्लै भिड्ने निर्णय यसअघि नै गरिसकेको छ ।
विराटनगरका सभापति दीपक चापागाईंले एक्लै चुनाव लड्ने अडान कायमै रहने बताए । उनले विराटनगरभित्र कुनै दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन् ।
यसअघि अरु दलले गठबन्धन गर्दा कांग्रेस एक्लैले चुनाव जितेको र अहिले संगठन झन् मजवुत भएकाले तालमेलको आवश्यकता नरहेको उनको भनाइ छ ।
गठबन्धनको भागबण्डामा उप–मेयर पद जनता समाजवादी पार्टी (जसपा)ले पाएपछि कांग्रेसको महानगर समितिले विरोध गरेको छ ।
मेयरको उम्मेदवारमा महानगर समितिले डिला संग्रौला, अमृत अर्याल, नागेश कोइराला, भीम पराजुली, इन्दिरा कार्की, दीपक चापागार्ई र गोपाल रेग्मीको नाम सिफारिस गरिसकेको छ ।
उप–मेयरको उम्मेदवार सिफारिस हुनेमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्के छन् ।
विराटनगरको उप–मेयर अर्कैलाई सुम्पिने निर्णय गठबन्धनले गरेको भन्दै सभापति चापागाईंले पार्टीले नगरेको बताएका छन् ।
त्यो निर्णय कांग्रेसको केन्द्रीय कार्य समिति, सम्पादन समिति र संसदीय बोर्डमा आउन बाँकी रहेको उनले बताएका छन् ।
यसअघिको निर्वाचनमा एक्लै चुनाव लडेको कांग्रेस मेयर र उप–मेयर दुवै पदमा विजयी भएको थियो ।
विराटनगरका १९ वडामध्ये ७ वटामा कांग्रेसका उम्मेदवारले जितेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया