यसरी मिल्यो ५ दलबीच भागबण्डा, घोराही कांग्रेसले गुमायो
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनबीच महानगरपालिका र उप–महानगरपालिकामा भागबण्डा मिलेको छ ।
बुधबार बालुवाटारमा बसेको बैठकमा कांग्रेसले ३ वटा महानगरपालिका काठमाडौं, ललितपुर र विराटनगर पाउने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उप–प्रमुख पाएको छ ।
धरान, इटहरी, कलैया, बुटवल, तुलसीपर, नेपालगञ्ज र धनगढीमा कांग्रेसले मेयर पाएको छ ।
जितपुर सिमरा, घोराही र हेटौँडामा कांग्रेसले उप–प्रमुख पाएको छ ।
माओवादी केन्द्रले भरतपुर महानगरपालिका पाएको छ । ललितपुरमा उप–प्रमुख पाएको माओवादीले जितपुर सिमरा र घोराही उप–महानगरपालिकामा प्रमुख पाएको छ ।
धरान र धनगढीमा माओवादीले उप–प्रमुख लिएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकामा प्रमुख पाएको छ भने काठमाडौंमा उप–प्रमुख लिएको छ । हेटौँडा उप–महानगरपालिकामा प्रमुख पाएको एकीकृत समाजवादीले इटहरी, बुटवल र तुलसीपुरमा उप–प्रमुखमा उम्मेदवारी दिनेछ ।
जनता समाजवादी पार्टी, नेपाल जसपाले वीरगञ्ज महानगरपालिकाको मेयरपाएको छ । जसपाले विराटनगरमा उप–प्रमुख, जनकपुरमा मेयर तथा कलैया र नेपालगञ्जमा उप–प्रमुख लिएको छ ।
पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित सहमितिहरूको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देशन दिएको छ ।
सहमति बनन नसकेको अवस्थामा ५ दलीय गठबन्धनभित्र मित्रवत प्रतिस्पर्धा गर्ने समझदारी भएको विज्ञप्तिमा उल्लेख छ ।
सहमति पत्रमार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया