गणेशमान सिंहकी बुहारी काठमाडौंको मेयर बन्ने पक्का, कांग्रेसमा खुसीयाली

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको चर्चा शुरु भएको छ ।

कांग्रेसका नेताहरू नेतृ सिंहलाई मेयरको उम्मेदवार बनाउन अनौपचारिक रुपमा सहमति बनेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा पनि नेतृ सिंहको नाम मेयरमा प्रस्तावित भयो भने असहयोग गर्ने पक्षमा छैनन् ।

५ दलीय गठबन्धनमा काठमाडौं महानगरपालिका कांग्रेसको भागमा परेको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी समेत रहेकी नेतृ सिंह राजनीतिमा सक्रिय छिन् । उनी स्व.गणेमान सिंहकी बुहारी पनि हुन् ।

कांग्रेसको काठमाडौं महानगर समितिले मेयरका आकांक्षीहरूको नाम अझै पनि सिफारिस गरेको छैन ।

नेतृ सिंहले पनि आफू मेयरमा उम्मेदवार बन्ने हो कि होइन औपचारिक रुपमा केही भनेकी छैनन् ।

Published : Wednesday, 2022 April 20, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया