ओलीले एमालेकै नेतालाई एमालेमा प्रवेश गराए
सर्लाही । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नै पार्टीका नेतालाई एमालेमा प्रवेश गराएका छन् ।
शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको सभामा ओलीले एमालेकै नेता केशव ढुंगानालाई पार्टी प्रवेश गराएका हुन् ।
ओलीले नेता ढुंगानालाई माओवादी केन्द्रको पोलिटब्युरो सदस्यभन्दै एमालेमा प्रवेश गराएका हुन् । ओलीले ढुंगानालाई अबिर र माला लगाइदिएका छन् ।
ढुंगाना दुई कार्यकाल एमालेको सर्लाही जिल्ला कमिटीको सचिव भएका थिए ।
सर्वाेच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि ढुंगाना एमालेमा क्रियाशील भइसकेका थिए ।
एक वर्षअघि नै एमाले बनेका ढुंगानाले यसबीच दर्जनौँपटक ओलीलाई भेटिसकेका छन् ।
शनिबार उनै ढुंगानालाई एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भन्दै पार्टी प्रवेश गराएका हुन् ।
माओवादी केन्द्र सर्लाहीले भने यसलाई एमालेको ‘प्रपोगान्डा राजनीति’ भन्दै व्यंग्य गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया