देउवाको लचकतालाई माओवादीले कमजोरी ठान्यो, औकातभन्दा ठूला माग, यी ४ उप–महानगर माग्यो
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको लचकतालाई कमजोरी ठानेर माओवादी केन्द्रले आफ्नो हैसियतभन्दा धेरै ठूला माग र हर्कत देखाएको छ ।
माओवादीले भरतपुर महानगरपालिकासहित थप ४ उप–महानगरपालिकाहरूमा दाबी गरेको छ ।
आइतबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका स्थानीय तह निर्वाचन तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादीले हैसियतभन्दा ठूला माग राखेको हो । माओवादीले औकातभन्दा धेरै ठूलो माग र दाबी गरेपछि कांग्रेसभित्र खैलाबैला भएको छ ।
माओवादीले घोराही, हेटौंडा, धरान र जितपुर–सिमरा उप–महानगरपालिकाको मेयरमा दाबी गरेको छ ।
नेपाली कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छ । तर, सभापति समेत रहेको प्रधानमन्त्री देउवा माओवादी र नेकपा (एस)लाई बीच बाटोमा धोका दिएर जाने पक्षमा छैनन् ।
माओवादीले आफ्नो औकात र हैसियतभन्दा धेरै माग राखेर दवाव दिन थालेपछि कांग्रेसभित्र उथलपुथल हुन थालेको छ ।
माओवादीले दाबी गरेका यी चार उप–महानगरमा नेपाली कांग्रेस धेरै बलियो छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया