देउवाको लचकतालाई माओवादीले कमजोरी ठान्यो, औकातभन्दा ठूला माग, यी ४ उप–महानगर माग्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको लचकतालाई कमजोरी ठानेर माओवादी केन्द्रले आफ्नो हैसियतभन्दा धेरै ठूला माग र हर्कत देखाएको छ ।

माओवादीले भरतपुर महानगरपालिकासहित थप ४ उप–महानगरपालिकाहरूमा दाबी गरेको छ ।

आइतबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका स्थानीय तह निर्वाचन तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादीले हैसियतभन्दा ठूला माग राखेको हो । माओवादीले औकातभन्दा धेरै ठूलो माग र दाबी गरेपछि कांग्रेसभित्र खैलाबैला भएको छ ।

माओवादीले घोराही, हेटौंडा, धरान र जितपुर–सिमरा उप–महानगरपालिकाको मेयरमा दाबी गरेको छ ।

नेपाली कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छ । तर, सभापति समेत रहेको प्रधानमन्त्री देउवा माओवादी र नेकपा (एस)लाई बीच बाटोमा धोका दिएर जाने पक्षमा छैनन् ।

माओवादीले आफ्नो औकात र हैसियतभन्दा धेरै माग राखेर दवाव दिन थालेपछि कांग्रेसभित्र उथलपुथल हुन थालेको छ ।

माओवादीले दाबी गरेका यी चार उप–महानगरमा नेपाली कांग्रेस धेरै बलियो छ ।

Published : Sunday, 2022 April 17, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया