गौतमलाई २१ दिनपछि आईजीपी बनाउने तयारी, यस कारण बन्यो प्रारम्भीक सहमति
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको २१ दिने महानिरीक्षक (आईजीपी)का लागि एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल प्रतिस्पर्धामा छन् ।
२१ दिनका लागि सशस्त्र प्रहरीको महानिरीक्षकमा एआईजीद्वय केसी र पौडेलको दाबी छ ।
गृह मन्त्रालयको प्रस्तावमा उनीहरूमध्येबाट मन्त्रिपरिषदले नयाँ आईजीपी बनाउनेछ । २१ दिनपछि नयाँ आईजीपी बनाउनुपर्नेछ ।
सरकारले नयाँ सशस्त्र प्रहरी महानिरीक्षक टुङ्गो लगाउने गृहकार्य शुरु गरेको छ ।
केसी र पौडेल उमेर हदका कारण वैशाख १९ गते अनिर्वाय अवकाशमा जाँदैछन् ।
यसैबीच, वैशाख २० गतेदेखिको नयाँ आईजीपीका लागि तीन जना डीआईजी प्रतिस्पर्धामा छन् ।
डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ ।
डीआईजी चन्द्रप्रकाश गौतमलाई वैशाख २० गतेपछि अर्थात २१ दिनपछिको नयाँ आईजीपी बनाउने विषयमा सत्तारुढ दलका नेताहरूबीच प्रारम्भीक सहमति बनेको स्रोतको भनाइ छ ।
सशस्त्र प्रहरी बलमा हार्ड एण्ड फास्ट निर्णय गर्नुपर्ने, द्वन्द्व र शान्ति प्रक्रियालाई निर्णयमा पुर्याउनुपर्नेलगायत काम गर्नुपर्ने भएका कारण पनि डीआईजी गौतमलाई एआईजीमा बढुवा गरेर जाने विषयमा सहमति भएको बुझिएको छ ।
गौतमलाई नै वैशाख २० गतेदेखिको नयाँ आईजीपी बनाउने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ । गौतम नेपाली सेनाबाट सशस्त्र प्रहरीमा आएका हुन् । गौतममा निर्णय गर्ने क्षमता रहेको प्रहरीभित्र चर्चा हुने गरेको छ ।
आईजीपी शैलेन्द्र खनालले सोमबार चार वर्षे कार्यकाल पूरा गरेर उमेर हदका कारण अनिर्वाय अवकाश पाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया