तालमेल गर्दा कांग्रेसका नेताहरूलाई अन्यायमा पर्न दिन्नौं : प्रवक्ता डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले २०७४ सालमा प्राप्त मत भागबन्डाको एउटा मापदण्ड मात्रै हुने बताएका छन् ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर डा.महतले सम्पूर्ण रुपमा त्यसलाई हेरेर सत्ता साझेदार दललाई भागबन्डा गर्न नसकिने बताए । उनले कांग्रेस त्योभन्दा बलियो रहेको बताए ।
‘२०७४ को परिणाम एउटा मात्रै मापदण्ड हो । दलका साथीहरु यता र उता भएका छन्’, उनले भने, ‘नेपाली कांग्रेसमा मात्रै थपिएका छन् । अरुको यताउता भएका छन् ।’
कांग्रेस ठूलो पार्टी भएकाले केही उदार भने हुन सक्ने उनले बताएका छन् ।
डा.महतले भागबन्डाका विषयमा हाल आइरहेका कुरा सत्य नभएको बताएका छन् ।
स्थानीय आवश्यकताका आधारमा स्थानीय समितिहरूले तालमेल र भागबन्डा गर्ने उनले बताएका छन् ।
उनले तालमेल गर्दा कांग्रेसका नेताहरूलाई अन्याय पर्न नदिने बताएका छन् ।
गठबन्धनका सवै दललाई यथार्थवादी भएर आफ्नो प्रभावअनुसार दाबी गर्न भनिएको उनले बताएका छन् ।
स्थानीय आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गरिने केन्द्रीय समितिले निर्णय गरिसकेको पनि उनले बताएका छन् ।
डा.महतले भने, ‘चुनावी अभियानका क्रममा घरघर पुगेर हामीले एमसिसी लगायतमा देखिएका भ्रम चिर्न सकियो ।’
उनले भने, ‘सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कामबारे पनि जनतामा राख्न सफल भइयो ।’
कांग्रेसले उम्मेदवारसहित दोस्रो चरणमा चुनावी घरदैलो सञ्चालन गर्ने तयारी पनि गरेको छ ।
फागुन २० देखि चैत २९ सम्म कांग्रेसले चलाइएको ‘घर–घर जाउँ, कांग्रेस जिताउँ’ अभियान समापन भएको छ ।
फागुन २९ गतेदेखि कांग्रेसले घरदैलो अभियान चलाएको थियो । यसबीचमा प्रदेश, जिल्ला, पालिका, टोल र घरघरमा पुगेर अभियान सञ्चालन गरिएको प्रवक्ता डा.महतले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया