सभाति देउवासँग तरुण अध्यक्ष गुरुङद्वारा भेट, कांग्रेसलाई जिताउन निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल तरुण दलका नवनियुक्त अध्यक्ष विद्वान गुरुङ र निवर्तमान अध्यक्ष जितजंग बस्नेतले भेट गरेका छन् ।
बुधबार बालुवाटारमा गुरुङ र बस्नेतले संयुक्त रुपमा देउवासँग भेट गरेका हुन् । भेटमा तरुण दलको भावी कार्यक्रम र योजनाका बारेमा देउवालाई जानकारी गराइएको छ ।
सभापति देउवाले स्थानीय तहको निर्वाचनमा सबै तरुणहरूलाई परिचालन गरेर कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई विजयी बनाउन निर्देशन दिएका छन् ।
तरुण अध्यक्ष गुरुङले सबै तरुणहरू परिचालन हुने बताएका छन् । उनले पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सबै सहयोग गर्ने बताएका छन् ।
Published : Wednesday, 2022 April 6, 9:31 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया