कांग्रेसको प्रचार समितिद्वारा उप–समितिका संयोजक तोक्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले कांग्रेसका प्रतिनिधिहरूलाई अत्यधिक बहुमतले विजयी बनाउन पार्टीका सबै संरचनालाई प्रचार–प्रसारमा संलग्न गराउन निर्देशन दिएको छ ।
ललितपुरमा मंगलबार बसेको समितिको बैठकले कांग्रेसका सबै तह, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई निर्देशन कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन प्रचार प्रसार गर्न निर्देशन दिने निर्णय गरेको समितिका संयोजक एवम् प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
‘समितिले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभरका सबै स्थानीय तहमा नेपाली कांग्रेसको संरचनाअन्तरगत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तथा टोल इकाई समितिमा अबिलम्ब स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ’, डा.महतले भनेका छन् ।
‘सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले पनि आफ्ना केन्द्रदेखि तलसम्म सबै तहका संरचनामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन प्रचार प्रसार समिति गठन गर्ने भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘प्रचार प्रसार समितिले केन्द्रीय प्रचार प्रसार समितिले प्रेषित गरेका सूचना र स्थानीय तहमा विकास गरिएका सूचना र प्रचार सामग्रीहरूलाई पार्टीका सबै संयन्त्र, सदस्य र शुभचिन्तकहरूमार्फत सबै मतदातासमक्ष पु¥याउने व्यवस्था गर्ने’, निर्णयमा उल्लेख छ ।
प्रचार प्रसारको कार्य विवादरहित र प्रभावकारी हुने ढंगले सञ्चालन गर्ने निर्णय पनि समितिले गरेको छ ।
समितिलाई आवश्यक परामर्श दिन वरिष्ठ पत्रकारहरू सम्मिलित एक सल्लाहकार समूह गठन गर्नुका साथै निर्वाचनमा सञ्चार माध्यमसंग समन्वय गर्नका लागि विभिन्न उप–समिति गठन गर्न संयोजक तोकेको डा.महतले बताए ।
प्रचार प्रसार सल्लाहकार समितिको संयोजकमा हरिहर विरही, अनलाईन मिडिया समन्वय तथा प्रचार प्रसार समितिको संयोजक विष्णु निष्ठुरी, छापा माध्यम समन्वय तथा प्रचार प्रसार समितिको संयोजक किरण पोखरेल, टेलिभिजन समन्वय तथा प्रचार प्रसार समितिको संयोजक— अनिता बिन्दु र रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा गोपाल झालाई जिम्मेवारी तोकिएको छ ।
केन्द्रीय युवा प्रचार प्रसार नेटवर्क, केन्द्रीय प्रचार प्रसार अनुगमन समिति, प्रवास प्रचार प्रसार समिति र सांस्कृतिक समन्वय प्रचार प्रसार समिति गठन गर्ने निर्णय भएको संयोजक डा.महतले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया