देउवालाई दिल्लीमा भव्य स्वागत भएपछि ओलीलाई तनाब, बरबराउन थाल्यो बालकोट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत सरकारले नयाँदिल्लीमा भव्य स्वागत गरेको छ ।

भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले देउवालाई स्वागत गरेका हुन् । प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा गएका हुन् ।

ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँदिल्लीमा भट्टले देउवालाई स्वागत गरेका हुन् ।

प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । देउवासँग उनकी पत्नी आरजु राणा, स्वास्थ्यमन्त्री विरोध खतिवडा, उर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादवसहितको टोली नयाँदिल्ली गएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

देउवाले शुक्रबार नै सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा पुगेर भाजपाका नेताहरूसँग भेट गरेका छन् ।

शुक्रबार नै देउवा र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता भएको छ ।

देउवासँग जयशंकरले नयाँदिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् ।

भारतले प्रधानमन्त्री देउवालाई कम्युनिस्ट प्रधानमन्त्रीहरूलाई भन्दा पनि धेरै महत्व दिएर स्वागत गरेको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाको मुख्यालयमा लगेर आत्मियता देखाएको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले भारतसँग बिगारेको सम्बन्धलाई देउवाले कुटनैतिक पहलमार्फत सुधार गर्न खोजेका छन् ।

प्रधानमन्त्री देउवा भारत भ्रमण गएको र भारतले नयाँदिल्लीमा देउवालाई गरेको भव्य स्वागतलाई पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीले रुचाएका छैनन् ।

ओलीले शुक्रबार भएको एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणको आलोचना गरेका छन् । उनले चुनावको मुखमा भारत किन गएको हो भनेर आलोचना गरेका छन् ।

प्रधानमन्त्री देउवाको स्वागतमा सडकमा देउवा र मोदीको तस्वीर राखिएका छन् । ठूला होर्डिङ बोर्ड राखिएका छन् । पेपरमा समेत पहिलो पेजमा देउवाको तस्वीर राखेर स्वागत गरिएको छ ।

Published : Friday, 2022 April 1, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया