कांग्रेसको प्रचार समितिको बबाल निर्णयहरू, मुर्छा परे कम्युनिस्ट

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले तत्काल केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

शुक्रबार ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको समितिको बैठकले प्रदेश र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको प्रवक्ता एवम् समितिका संयोजक डा.प्रकाशशरण महतले जानकारी दिए ।

‘स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय संचार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामाग्री निमार्ण गर्ने र विभिन्न सञ्चार माध्यमहरू रेडियो, एफएम, टिभि, प्रिन्ट मिडिया, अनलाईन तथा समाजिक सञ्जाल लागयतबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने’, निर्णयमा उल्लेख छ ।

‘उक्त कार्यका लागि पार्टी सम्वद्ध भातृ एवं शुभेच्छुक संस्था, विज्ञ वुद्धिजीवी साथीहरू, सञ्चारकर्मी र अन्य पेशागत संस्था र साथीहरूलाई परिचालन गर्ने निर्णय भएको छ’, डा.महतले भनेका छन्, ‘प्रचार सामाग्री, उत्पादन तथा सञ्चारका लागि आवश्यक उप–समिति गठन गर्ने निर्णय भएको छ ।’

समितिले नेपाली कांग्रेसको एप बनाउने निर्णय पनि गरेको छ । एपलाई प्रचार–प्रसारका लागि उपयोग गर्ने र आवश्यकतानुसार विकसित गर्ने निर्णय समितिले गरेको छ ।

‘सञ्चार विज्ञ, भातृ एवं शुभेच्छुक संस्था र पार्टीका युवापंक्तिलाई प्रचारमा परिचालित गर्ने’, डा.महतले भने, ‘युवा विद्यार्थीलाई आ–आफनो गाउँ÷नगरपालिकामा केन्द्रित भई पार्टीको प्रचार प्रसार र सामाजिक सञ्जालको माध्यमबाट पार्टीका पक्षमा जनमत बनाउन अपील गर्ने निर्णय भएको छ ।’

डा.महतले भने, ‘समितिको संयोजकले पार्टी प्रचार प्रसार विषयमा विज्ञ, बुद्धिजीवी, वरिष्ट पत्रकार साथीहरू रहेको एक सल्लाहकार समिति गठन गर्ने निर्णय भएको छ ।’

‘प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ÷नगर÷वार्ड कार्यसमितिमा आवश्यकतानुसार प्रचार संयन्त्रको गठन गर्न निर्देश गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘प्रत्येक क्षेत्रीय कार्यसमितिले आफूभित्रका पालिकामा प्रचार–प्रसार समिति गठन गर्ने’, उनले भने, ‘समिति गठन गर्दा नेपाल प्रेस यूनियनसँग समन्वय गर्ने ।’

पालिकास्तरीय प्रचार प्रसार समितिले पालिकाको जनसंख्याको बनौटलाई समेत मध्यनजर गरी प्रतिनिधित्व गराउन निर्देशन दिइएको छ ।

‘स्थानीय घोषणा पत्र तयार गर्ने, कांग्रेसको मुद्दालाई जनता सम्म पु¥याउन निर्वाचन आचार संहिताको व्यवस्था भित्ररही आवश्यक सामाग्री तयार गरी सम्प्रेषण गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘ स्थानीय सञ्चार माध्यमलाई कांग्रेसको पक्षमा प्रचार प्रसार गर्न व्यवस्था मिलाउने ।’

विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीलाई सम्भव भएमा मतदानको बेलामा स्वदेशमाआई नेपाली कांग्रेसलाई मतदान गर्न आव्हान गर्ने निर्णय भएको प्रवक्ता एवम् संयोजक डा.महतले बताएका छन् ।

सम्भव नभए आ–आफ्नै स्थानबाट ‘विभिन्न माध्यमले आफ्नो गाउँ, नगर, घर परिवारका साथै सम्पर्क भएसम्मका व्यक्तिहरूलाई कांग्रेसको पक्षमा मतदान गर्न प्रेरित गर्न अपील गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘सो कार्यमा समन्वय एवं सहयोग गर्न विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई परिचालन गर्ने ।’

‘पार्टीको घोषणा पत्र, प्रचार प्रसार सामग्री र नारा तयार गर्दा नेपाली कांग्रेसको सरकार र नेपाली कांग्रेस विजयी भएको स्थानीय तहले देश र जनताको हितमा र भावी कार्यक्रम जनतासम्म पुर्‍याउने’, उनले भने, ‘प्रतिपक्ष पार्टीका गलत कार्यबारे जनतालाई सुनिश्चित एवं सचेत गराउने ।’

कम्युनिस्टहरूले कांग्रेसविरुद्ध गलत प्रचार गरेर जनतालाई भ्रममा पारेर भोटको राजनीति गरेपछि कांग्रेसले यस पटक स्थानीय तहको निर्वाचनलाई जबरजस्त रुपमा प्रचार प्रसार गर्न समिति बनाएको हो ।

Published : Friday, 2022 April 1, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया