गठबन्धन मात्रै गरेर हुँदैन, गोविन्दराज जोशीसहितका नेताहरूलाई जिम्मेवारी दिऔँ : शंकर भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका सदस्य शंकर भण्डारीले पार्टीको जिम्मेवारीबाट भूमिका बिहीन बनाइएका गोविन्दराज जोशीसहितका नेताहरूलाई जिम्मेवारी दिन माग गरेका छन् ।
बिहीबार ललितपुरमा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका भण्डारीले गठबन्धनको कुरा मात्र गरेर नहुने बताए । उनले गोविन्दराज जोशी जस्ता नेताहरूलाई जबरजस्ती रुपमा पार्टीको जिम्मेवारीबाट भूमिका बिहीन बनाउन नहुने बताए ।
‘गठबन्धनको कुरा हुँदै गर्दा पार्टीभित्र फाटेका मनहरू जुटाउनेतिर नलाग्ने । पार्टीभित्रको विमतीलाई कसरी एकताबद्ध बनाउने भनेर ध्यान नदिने’, उनले भनेका छन्, ‘गठबन्धनको मात्रै कुराले हुँदैन ।’
‘तनहुँको विषयमा गोविन्दराज जोशीलाई आधिकारिक कारबाही पनि भएको छैन’, उनले भने, ‘जबरजस्ती उहाँलाई भूमिकाबाट बञ्चित गर्ने काम भएको छ ।’
पूर्णबहादुर खड्काप्रति लक्षित गर्दै भण्डारीले भने, ‘तपाई पार्टीको उप–सभापति र समितिको संयोजक पनि हो । गोविन्दराज जोशीलगायत पार्टीको भूमिकाबाट बञ्चित रहेका सबै नेताहरूलाई पार्टीमा सक्रिय भूमिको तत्काल वातावरण बनाउनुपर्छ । सबैलाई गम्भीर बन्न अनुरोध गर्दछु ।’
भण्डारीको सो सुझावप्रति बैठकमा सहभागी अधिकांश नेताहरूले समर्थन गरेका थिए ।
गोविन्दराज जोशीसहितका नेताहरूलाई निर्वाचनका बेला सबै मतभेदहरू भुलेर पार्टीमा जिम्मेवारी दिन नेता भण्डारीको आग्रह थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया