देउवाको नजरमा को–को परे ? समितिले पायो पूर्णता
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’लाई पूर्णता दिएका छन् ।
सभापति देउवाले बुधबार विज्ञप्ति जारी गरेर समितिलाई ५५ सदस्यीय बनाएका हुन् । उप–सभापति पूर्णबहादुर खड्का समितिको संयोजक छन् ।
केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकको निर्णयानुसार पार्टीका समिति बनाउने निर्णय भएको थियो ।
समितिको सदस्यहरूमा उप–सभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सह–महामन्त्री श्री फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, डा.प्रकाशशरण महत, शंकर भण्डारी, किशोरसिंह राठौर, बद्री पाण्डे, मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, योगेन्द्र चौधरी, जितजंग बस्नेत, उदयशम्शेर राणा, नैनसिंह महर लगायत रहेका छन् ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया