विवादमा परेका केही एसपीहरूले आकर्षक ठाउँ पाए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूको काज सुरुवा गरेको छ ।

मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालय, पोखरामा काजमा एसपी पठाएको छ ।

मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेशवरप्रसाद यादव, पश्चिम नवलपरासीमा काँशीराम कंडेल, अख्तियारमा राजन अधिकारीको काज सरुवा भएको छ ।

रानीपोखरीमा जनार्दन जिसी र गण्डकीको सशस्त्र प्रहरी गण मुख्यालयमा मनोजकुमार यादवलाई पठाइएको छ ।

मोरङको प्रमुखमा काज सरुवा भएका एसपी कोइराला चितवनमा ट्राफिकमा हुँदा विवादमा तानिएका थिए ।

सिन्धुपाल्चोकमा काज सुरुवा भएका रामेश्वरप्रसाद यादव पनि विवादमा परेका एसपी हुन् ।

Published : Tuesday, 2022 March 29, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया