महन्थ ठाकुरका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा यादवलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
कांग्रेसमा प्रवेश गरेपछि यादवले नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको बताए । उनले कांग्रेसले मात्रै देश र जनताको सेवा गर्ने बताएका छन् ।
कांग्रेसप्रति जनताको ठूलो भरोसा रहेको भन्दै यादवले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आफूले भूमिका खेल्ने बताएका छन् ।
‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले कांग्रेस प्रवेश गरेको हुँ’, उनले भनेका छन् ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी एमालेको पुच्छर बनेका कारण पटक–पटक विभाजन हुँदै आएको छ ।
ठाकुरका नेता कार्यकर्ताले पार्टी छाडेर कांग्रेससहितका दलमा प्रवेश गर्न थालेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया