उर्मिलाका हत्यारालाई कारबाही गर्ने प्रधानमन्त्री देउवाको चेतावनी, अपराधीहरूको भागाभाग
सुन्दरहरैँचा । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङ घटनामा संलग्नलाई कारवाही हुने चेतावनी दिएका छन् ।
सोमबार सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न दोषीलाई कारवाही हुने बताएका हुन् ।
आइतबार १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए ।
लेटाङ नगरपालिका–५ की बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
घटना असामान्य भएपछि झडप हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठमाथि छुरा हानिँदा उनको निधन भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले पनि उर्मिला श्रेष्ठको हत्याको घटनाको छानविन गरेर दोषीलाई हदैसम्म कारबाही गर्ने चेतावनी दिएका छन् । खाणले उर्मिलाको परिवारलाई क्षतिपूर्ति पनि दिने जनाएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया