वैशाख १८ गते पार्टी एकीकरण गर्न माओवादीको प्रस्ताव
काठमाडौं । एमाले र माओवादी केन्द्रबीच मजदुर दिवसका दिन पार्टी एकीकरण गर्न माओवादी केन्द्रले प्रस्ताव गरेको छ ।
एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरूबीच शनिबार राजधानीमा भएको अनौपचारिक भेटवार्तामा वैशाख १८ गतेका लागि एकीकरणको मिति प्रस्ताव गरिएको हो ।
स्रोतका अनुसार माओवादीका नेताहरूले मिल्न बाँकी थोरै मात्र प्राविधिक विषयलाई लिएर वैशाख १८ अर्थात मजदुर दिवसका दिन एकीकरणको प्रस्ताव गरेका हुन् ।
तर, एमालेका नेताहरूले यति छिटो एकीकरण गर्न नसकिने जवाफ दिएका थिए । एमाले र माओवादीबीच अधिकांश सैद्धान्तिक विषयमा सहमति भइसकेको छ ।
दुई पार्टीबीच मजदुर दिवस अथवा मार्क्स दिवसका दिन एकता घोषणाको चर्चा हुँदै आएको छ । कम्युनिस्ट स्थापना दिवसको दिन माओवादी केन्द्रका अध्यक्ष दाहालले अब एकता तिथिमिति तोकेरभन्दा पनि जुन दिन हुन्न भनिएको हो, त्यही दिन हुन सक्ने बताएका थिए ।
शुक्रबारको वार्तामा पनि माओवादी केन्द्रका अध्यक्ष दाहालले मजदुर दिवसका दिन पार्टी एकीकरण गर्नका लागि प्रस्ताव गर्दै ओलीसँग नमिलेका विवाद मिलाउन दवाव दिएका थिए । तर, ओलीले ठोस जवाफ नदिएको स्रोतको भनाइ छ ।
यसमा तपाइको मत