प्रधानमन्त्री देउवाद्वारा खिम्ती सबस्टेसनको उद्घाटन, बिजुली झलमल बल्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको न्यू खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् ।
शनिबार देउवाले रामेछापको मन्थलीमा निर्मित सबस्टेसनको उद्घाटन गरेका हुन् ।
महोत्तरीको ढल्केबरस्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछि खिम्ती सबस्टेसन देशकै दोस्रो ठूलो सबस्टेसन हो ।
सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री देउवासँग ऊर्जामन्त्री पम्फा भुसाल, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि गएका छन् ।
मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ ।
नयाँ सबस्टेसन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौं जोडिएको छ ।
सबस्टेसनमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । सो सबस्टेसनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ ।
नयाँ खिम्ती सबस्टेसनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली जोडिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया