देउवाले कसलाई भने, ‘उसबेला दिमाग खुस्क्या थ्यो ? लाज छैन ?’
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेस (एमसीसी)लाई एमालेले संसदमा पेश गर्दा भीम रावल के गरेर बसेको भनेर प्रश्न गरेका छन् ।
नुवाकोटको नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसीका विषयमा पहिले भीम रावलको दिमाग खुस्किएको थियो ? भन्दै प्रश्न गरेका हुन् ।
‘एमसीसीमा मैले केही भन्नै पर्ने भो । संसदबाट पास गर्नुपर्ने भो भनेर केपी शर्मा ओलीजी प्रधानमन्त्री हुँदा संसदमा पेस गर्नु भएको हो’, देउवाले भने, ‘त्यसबेला अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्थ्यो ।’
‘भीम रावलजी सबैभन्दा बढी एमसीसीको खिलापमा हुनुहुन्छ’, प्रधानमन्त्री देउवाले भने, ‘रक्षामन्त्री हुँदा भीम रावलले के हेरेर बसे त्यसबेला ? त्यसबेला किन राजीनामा दिएनन् ? राजीनामा दिनुपर्थ्यो ।’
देउवाले भनेका छन्, ‘दुई जिब्रे कुरा गर्न पाइन्छ ? अहिले पास गर्न खोज्दा किन टाउको दुख्ने ? अरुलाई दुखेको छैन ? उसबेला दिमाग खुस्क्या थ्यो ? त्यसबेला किन बोल्नु भएन लाज छैन ?’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया