कांग्रेसले अचानक बोलायो पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पार्टी कार्यालयमा
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुरुवात गरेको छ ।
कांग्रेसले केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई मंगलबार पार्टी कार्यालय ललितपुरमा बोलाएको छ । कांग्रेसले पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जिल्ला खटाउनेछ ।
केन्द्रीय सदस्य योगेन्द्र चौधरीले आफूहरूलाई पार्टी कार्यालयमा बोलाइएको जानकारी दिए । उनले भने, ‘पार्टी कार्यालयमा बोलाइएको छ । फागुन २९ गतेदेखिको अभियानका विषयमा निर्देशन दिन बोलाइएको हुनुपर्छ ।’
अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि आफूहरूलाई पार्टी कार्यालयमा बोलाएको जानकारी दिए । उनले जिल्ला–जिल्लामा अभियान सफल बनाउन केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी दिन बोलाएको हुन सक्ने बताए ।
फागुन २९ बाट कांग्रेसको अभियान शुरु हुनेछ । कांग्रेस सचिव केशव रिजालका अनुसार यसअघि फागुन २० का लागि तोकिएको अभियान फागुन २९ देखि चैत २९ सम्म गर्न लागिएको छ ।
कांग्रेसले संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्य राखेर अभियान शुरू गर्न लागेको छ ।
फागुन ३ मा केन्द्रीय कार्यसम्पादन समिति बैठकले यसबारे निर्णय गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया